बारा - असोज २६ - बारामा आफनै पत्नी, छोरा र छोरीको हत्या गरेको आरोपमा मृतकका पति पक्राउ परेका छन् ।
बाराको प्रसौनी गाउँपालिका ५ प्रस्टोकामा एकै परिवारका तीन जनाको हत्या भएपछि मृतकका पति ३१ बर्षिय दिपेन्द्र चौधरी बुधवार पक्राउ परेको हुन । प्रस्टोका गाँउ नजिक रहेको ढोरा खोला किनारमा एकै परिवारका ३ जनाको हत्या भएको अबस्थामा लास फेला परेपछि चौधरीले भाग्ने क्रममा घाईते भएर उपचार गराईरहेको अबस्थामा चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले प्रेस बिज्ञपित गरि जानकारी गराएका छन ।हत्या हुनेमा २५ वर्षिय श्रीमति सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको छोरो राजवीर चौधरीको हत्या भएको प्रहरी कार्यालय बाराले जनाएको छ ।
बुधवार दिउसो घटनाबारे जानकारीमा आएपछि तत्काल प्रहरी परिचालन गरी मृतकका पतिलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक( एस पी) होबिन्द्र बोगटीले बताउनु भयो । घटनाको थप विवरण र अनुसन्धान हुन बाँकी रहेपनि घटनाको प्रकृति हेर्दा हत्या गरी फालिएको देखिएकोले प्रहरी परिचालन गरी थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।
1 Comments
dukhad
ReplyDelete