बारा-मंसिर - २३ - संघीयता आएको आठ बर्ष भएपनि मुलुकमा संघीयता पूर्ण रुपले लागु  नभएको मधेस प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवले बारागढी गाउँपालिकाको नव निर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै यस्तो बताइएको हो ।मधेस प्रदेश सरकारको मातहमा मधेस पुलिस नहुँदा मधेस प्रदेशमा भारतिय सुटर र राजनीति सयनन्त्रकारीको बिगबिगी बढेर दिन दहाडै मधेसी जनतालाई खुल्याम गोली ठोकेर फरार भएपनि नेपाल पुलिसले पता लगाउन नसक्दा मधेसी जनता थप पिडामा परेको छ ।मधेसमा हत्या हिस्सा बलात्कार ,चोरी तस्करीको प्रवृत्ति दिन प्रती दिन बढदै गएपनि प्रदेश सरकारलाई अपराधी गतिविधि नियन्त्रण गर्न कठिनाई भएको छ ।मधेस प्रदेशमा मेडिकल क्वलेज ,भेटनरी क्वलेज इन्जिनियरिङ्ग क्वलेज निर्माण गर्न जग्गा अभाव भएको ठाउँमा सरकारको बजेटबाट जग्गा किन्ने ब्यवस्था नभएको कारण बिकाश गर्न कठिनाई भएकोछ ।प्रधानमन्त्रीसंग क्रमचारी समायोजनको लागि पटक पटक माग गर्दा ध्यान आकर्षक गराएपनि चासो नदिएकोले अब सिंह दरबारको अगाडि शान्ति पूर्ब धार्णा दिने चेतावनी   मुख्यमन्त्री सरोज कुमार यादवले चेतावनी दिएकोछ ।
बारागढी गाउँपालिकाको प्रशासकीय भवन पाँच करोड छिहतर लाख बतिस हजारमा निर्माण भएकोछ । जसमा संघीय सरकारको साठ प्रतिशत र स्थानीय सरकारको चालीस प्रतिशातको लगानीमा प्रशासकीय भवनको निर्माण भएकोछ ।२०७८ साल जेष्ठ १९ गते देखि शुरु भएको निर्माणको काम २०८० असारमा सम्पन्न भएको छ ।कम्पाउण्ड सहित सावा दुई बिगाहा जग्गामा निर्माण भएको प्रशासकीय भवनमा बतिस वटा कोठा दुई वटा सभा हल रहेको बारागढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरी बताएको छ । 
बारागढी गाउँपालिका कार्यालय वडा नं ३ कोकार्यालयमा संचालन हुँदै आएको थियो । वडा कार्यालयमा संचालन हुँदा विभिन्न शाखाको लागि कोठा नपुग्दा एउटै कोठामा दुई वटा तीन वटा शाखा राख्दा क्रमचारी र सेवाग्राही र क्रमचारीलाई सेवा लिन र सेवा दिन अपठयारो हुँदै आएको थियो कोठाको अभवाले कृषि शाखा र पशु शाखा अन्य ठाउँमा भाडामा लिएर कार्यालय संचालन गर्दै आएको थियो गाउँपालिकाको सवारी साधन जेसी , सुमो ,टिपर लगाएत अन्य सवारी साधन खुल्ला ठाउँमा राख्नु पर्ने र सरकारी सम्पत्ति हानि नोक्सानी हुने भएत्रास रहिरन्थ्यो सुबिधा सम्पन्न प्रशासकीय भएको काम सम्पन्न भएपछि आज उद्घाटन रहेको बारागढी गाउँपालिकाको अध्यक्ष अशोक कुमार जयसवालले बताए ।

बारागढी गाउपालिकाका अध्यक्ष अशोक कुमार जयसवालको अध्यक्षतामा भएको उदघाटन समारोहमा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, प्रहरी उपरिक्षक सुरेश काफ्ले, विभिन्न राजनीतिक दलका नेता, पालिकाका प्रमुख, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षाधिकारी लगायतको सहभागिता रहेको थियो ।