बारा- चैत - २२- महागढीमाई नगरपालिका वडा नं - १ गायत्री चौक द्वारा आयोजना गरिएको गात्री महायज्ञ एवं प्रज्ञा पुराण कथा भब्य रुपमा सुरु भएको छ।महागढीमाई नगरपालिका नगरप्रमुख उपेन्द्र यादवले दिप बालेर प्रज्ञा पुरण कथाको उद्घाटन गरि सो यज्ञको कलश यात्रा भब्य रुपमा निकालिएको छ । 
महागढीमाई नगरपालिका वडा नं १ गायत्री चौकबाट शुरु भएको कलश यात्रा वडामा परिक्रमा गरिएको छ ।गाउँ समाजमा सुख शान्ति समृद्धि,वृद्धि गर्न र अन्याय  अत्याचार, नियन्त्रण गर्न यज्ञको उदेश्य रहेको छ।आज देखी शुरु भएको यज्ञ चैत २६ गते सम्पन्न हुनेछ ।
हजारौं संख्यामा उपस्थित भएको भक्तजनमा समाजका भलभलादमी,समाजसेबी ,साधुशन्त ,जनप्रतिनिधिहरु सर्बसधारणहरुको उपस्थिति रहेको थियो ।