बारा - पुष - ७ - बाराको महागढीमाई नगरपालिका वडा नं ७ अवस्थित तेलगाईमा रहेको श्री कांटवासीमाई पञ्च बर्षिय पुजा एवम मेलामा मंन्दिर परिसरमा राखेको दान पेटिकाको रकम सार्वजनिक गरिएको छ ।
कांटवासीमाई मंन्दिर परिसरमा पाँच वटा दान पेटिकामा रहेको पेटिबाट छियासी हजार नौ सय सत्ताइस रुपैया साठी पैसा रकम प्राप्त भएको श्री कांटवासीमाई पञ्च बर्षिय पुजा एवम मेला समितिका प्रवक्ता बिरेन्द्र प्रसाद यादवले बताउनुहुनुभएको छ ।सबै भन्दा बढी कांटवासीमाईको मुल स्थानमा राखिएको पहिलो दान पेटीबाट अठचालीस हजार आठ सय त्रिहत्तर रुपैयाँ चालीस पैसा दोस्रो दान पेटीबाट उन्नाईस हजार चार सय पचीस रुपैया असी पैसा , तेस्रो दान पेटीबाट , पांच हजार छ्व सय छत्तीस रुपैया बीस पैसा चौथो पेटीबाट पाँच हजार चौहत्तर रुपैया त्यस्तै पांचौ दान पेटीबाट सात हजात नौ सय अठार रुपैया बीस पैस गरि कुल छियासी हजार नौ सय सत्ताइस रुपैया साठी पैसा प्राप्त भएको हो ।
दानपेटिमा रहेको रकम सार्वजनिक गर्ने समयमा मेला समितिका अध्यक्ष शिवेन्द्र प्रताप सिँह ,उपाध्यक्ष राजदेव यादव ,सचिव संजय यादव ,मुल समितिका अन्य पदाधिकारीहरु पत्रकार ,सुरक्षा निकायका प्रतिनिधि,समाजसेवी बुद्धिजीवी लगायतहरुको उपस्थिति रहेको थियो।


0 Comments