बारा -५ फागुन - बाराको बारागढी गाउँपालिकाको सबै वडामा भौतिक बिकासको काम तिब्र गतिमा हुन लागे पछि स्थानीयहरुले खुसी भएका छ्न ।
पन्चायत काल देखि स्थानीयहरुले नाला , सडकको समस्या झेल्दै आएपछि वडामा बिकासको काम धामा धाम हुन थालेपछि बारागढी गाउँपालिका स्थानीयहरु खुसी भएको हो ।अधिकांस ठाउँमा नाला सडक ढलान सम्पन्न भएपछि घरको ग्रह कार्यमा प्रयोग हुने पानीको निकास र सडकमा आउन जान सहज भएको स्थानीय हरु बताएका छ्न ।
गाउँपालिकाको अधिकांस वडामा सडक ढलान नाला निर्माण गर्ने क्रममा र निर्माणको काम सम्पन्न भएपछि बिकास अनुगमन टोलीले समयमा आधुनिक उपकरण प्रयोग गरेर अनुगम गरेका छ्न । मापन डन्ड अनुसार बिकासको काम सम्पन्न गरेकालाई मात्र भुप्तानी दिने गरेका बारागढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरीले बताउनु भएकोछ ।
गाउँपालिकाले भौतिक क्षेत्र , शैक्षिक क्षेत्र , स्वास्थ क्षेत्र रोजगारी क्षेत्र र खेलकुद क्षेत्र लगाएतलाई प्राथमिकतामा राखेर बिकासको काम तिब्र गतिमा अगाडि बढाएको प्रमुख प्रशासकीय चौधरी जनकारी गराएका छ्न ।