धेरै व्यक्तिहरु ऋणमा डुबेका हुन्छन् । धेरै मानिसहरुसँग पैसा भएर पनि तिनीहरु ऋण चुक्ता गर्न असमर्थ छन्। ज्योतिषका अनुसार उचित बार र नक्षत्रमा ऋण लिएको छैन भने त्यो ऋण उतर्न धेरै गाह्रो हुन्छ। यस्तो समस्याको लागि अपनाउँनुहोस् यी पाँच वृक्षको उपाय
वरको रूखको उपाय=वरको पातमा पीठोको बत्ती जलाउँनुहोस् र यसलाई मंगलबार कुनै पनि हनुमान मन्दिर वा वरको रूखमुनि राख्नुहोस्। यो उपायले ऋणबाट छुटकारा पाइनेछ। आश्लेषा नक्षत्रमा वरको पात ल्याएर अन्न भण्डारमा राख्नाले भण्डार कहिले पनि खाली हुँदैन । बेसारको गाँठो, सुपारीको पात र सुपारी राख्दा धनको कमि हुने छैन।
पीपलको रूखको उपाय=दाहसंस्कारको कुवाको पानी पीपलको रूखमा ल्याइ चढाउँनु पर्छ । यो काम नियमित रूपमा ७ शनिबार गर्नुपर्छ र शनिबार कै दिन पीपलको रूख मुनि दियो जलाउँनु पर्छ। यो उपायले ऋणबाट छुटकारा पाइनेछ।
केराको रूखको उपाय=केराको रूख एकदम पवित्र मानिन्छ र धेरै धार्मिक कामहरूमा प्रयोग गरिन्छ। भगवान विष्णु र देवी लक्ष्मीलाई केरा चढाईन्छ। ऋणबाट मुक्ति र समृद्धिको लागि केराको रूखको प्रत्येक बिहिवारको पूजा गर्नुपर्छ।
नरिवलको रूखको उपाय=हिन्दू धर्ममा नरिवल बिना कुनै पनि मंगल कार्य सम्पन्न हुँदैन। पूजाको क्रममा पानीले भरिएको कलशमा नारिवल राखिन्छ। एउटा नरिवलमा चमेलीको तेलमा सिन्दूरको साथ स्वस्तिक प्रतीक बनाउनुहोस्। केही भोग (लड्डू वा गुड़ र चना) को साथ हनुमानजीको मन्दिरमा जानुहोस् र उहाँको खुट्टामा चढाउनुहोस् र ऋणमोचक मंगल स्तोत्र पाठ गर्नुहोस्। यसो गर्दा तत्काल लाभहरू प्राप्त हुन्छ ।
यदि व्यवसायमा लगातार घाटा भइरहेको छ भने, बिहीबार एक नरिवल र सवा मिटर पहेंलो कपडामा लपेटि जनाईको साथ् यसलाई कुनै पनि नजिकको विष्णु मन्दिरमा मिष्ठान्नको साथ चढाउँदा व्यापार तुरुन्तै चल्छ ।
बेलको रूखको उपाय=हिन्दु धर्मका अनुसार जुन घरमा बेलको रूख लगाइएको छ, त्यस घरलाई लक्ष्मीको घर वर्णन गरिएको छ। यस बाहेक, निलो फूलहरू सहित कृष्णकान्ता बेलले आर्थिक समस्याहरू समाप्त गर्छ भन्ने विश्वास छ । गुलाब, चम्पा, चमेली, बेलपत्र, दुवो, तुलसी आदि घरको पूर्व दिशामा लगाउँनु पर्छ। यसले शत्रुनाश, धनको वृद्धि र सन्तान सुख प्राप्त हुन्छ ।
1 Comments
hello
ReplyDelete