बारा-चैत २५- श्रीकान्त गुप्ता - महागढीमाई नगरपालिकामा लकडाउनले विपन्न परिवारलाई छाक टार्न समस्या भएपछि महागढीमाई नगरपालिकाका वडा नं १ मा सुदामा साह कानुको अध्यक्षतामा राहत बितरण कार्यक्रम गरेको छ ।
कार्यक्रमको उद्धघाटण प्रमुख अथिति नगरप्रमुख उपेन्द्र यादवले गर्नु भएकोछ। महागढीमाई नगरपालिकामा गरिब बिपन्न परिवार , ज्यालादारी परिवार , आर्थिक कमजोर परिवार , एकल महिला , भिछु भिकार र ,साधुसंन्त लगाएतको साथमा आफू रहेको नगरप्रमुख यादवले राहत बितरण कार्यक्रमा जानकारी गराउनु भयो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणले गर्दा १५ दिनदेखि सरकारले लकडाउन लागू गरेकोछ ।जसले गर्दा दैनिक ज्याला गरी छाक टार्ने वर्ग ज्यालादारी गर्ने अति विपन्न एकल महिला र आर्थिक अवस्था कमजोर भएका नागरिकलाई राहत वितरण सुरु गरेको महागढीमाई नगरपालिका वडा नं १ का अध्यक्ष सुदामा साह कानुले बताउनु भएकोछ । वहाँ भने ५ सय भन्दा बढी घर धुरी परिवारलाई १५ किलो, चावल , २ किलो दाल , ५ सय ग्राम खाने तेल , र १ किलो नुन , खाधान्य प्याकेज बनाएर प्रती घर परिवारमा बितरण गरेको सुदामा साह कानुले बताउनु भएकोछ ।
लकडाउनका कारण दैनिक गुजारा चलाउन नसक्ने अवस्थामा पुगेका गरिब दलित अति बिपन्न ज्यालादारी परिवारले राहत सामग्री पाए पछि उनीहरूको घर परिवार र समाजमा खुश्याली भएको महागढीमाई नगरपालिका वडा नं १ मा बस्ने ४५ बर्षीय बेलास राम बताउछ।
त्यस्तै लकडाउनले घरमा भएको चावल दाल सकेको अवस्थामा वडा कार्यालयबाट पाएको खधान्यबाट केही दिन सम्म राहत भएको महागढीमाई नगरपालिका वडा नं १ मा बस्ने राम दुलारी राम पनि बताउछिन ।
राहत बितरण कार्यक्रमा उपस्थिति धिरेन्द्र सिंह , ध्रबेन्द्र साह कानु , रामबाबु साह , मुकेश साह , जगदेव साह लहेरा , शिवचन्द्र कुशवहा ,रामबाबु शर्मा , वडा कार्यालयको सदस्य , स्थानीय गरिब बिपन्न परिवारका सदस्य ,वडा प्रहरी , पत्रकार , लगाएत उपस्थिति रहेको थियो ।




1 Comments
La congratulation wada adhyakxa jyu maha gadhi mai nagarpalika ward no 1 ma lhali bariyarpur nai parxa ki?ab nepal sarkar ko nirnayanusar prati ghar ma 30kg chama,3ltr khane tel 1pc nun 5kg dal ra 10kg alu samet din jankari garaiyeko thiyo vane yo adhi ltr khane tel r 15 kg ko chamal ko aafai banaun lagaunu vako xa hajur r ward no.1 ma aru pani gau xa ki bariyarpur ko ward no1 ma kehi gharharu matra vayeko ra baki ghar semra tole pani yasai ma parxa vane awagat nai hola ...ab ek choti dhyan akarsan garaun chahanxu
ReplyDelete