बारा-चैत २५- श्रीकान्त गुप्ता - महागढीमाई नगरपालिकामा लकडाउनले विपन्न परिवारलाई छाक टार्न समस्या भएपछि महागढीमाई नगरपालिकाका वडा नं १ मा सुदामा साह कानुको अध्यक्षतामा राहत  बितरण कार्यक्रम गरेको छ ।
कार्यक्रमको उद्धघाटण प्रमुख अथिति नगरप्रमुख उपेन्द्र यादवले गर्नु भएकोछ। महागढीमाई नगरपालिकामा गरिब बिपन्न परिवार , ज्यालादारी परिवार , आर्थिक कमजोर परिवार , एकल महिला , भिछु भिकार र ,साधुसंन्त लगाएतको साथमा आफू रहेको नगरप्रमुख यादवले राहत बितरण कार्यक्रमा जानकारी गराउनु भयो । 
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणले गर्दा १५ दिनदेखि सरकारले लकडाउन लागू गरेकोछ ।जसले  गर्दा दैनिक ज्याला गरी छाक टार्ने वर्ग ज्यालादारी गर्ने अति विपन्न  एकल महिला र आर्थिक अवस्था कमजोर भएका नागरिकलाई राहत वितरण सुरु गरेको महागढीमाई नगरपालिका वडा नं १ का अध्यक्ष सुदामा साह कानुले  बताउनु भएकोछ । वहाँ भने  ५ सय भन्दा  बढी घर  धुरी परिवारलाई  १५ किलो, चावल , २ किलो दाल , ५ सय ग्राम खाने तेल , र १ किलो नुन  ,  खाधान्य प्याकेज बनाएर प्रती घर परिवारमा  बितरण गरेको सुदामा साह कानुले  बताउनु भएकोछ । 

लकडाउनका कारण दैनिक गुजारा चलाउन नसक्ने अवस्थामा पुगेका गरिब दलित अति बिपन्न  ज्यालादारी परिवारले राहत सामग्री पाए पछि उनीहरूको घर परिवार र समाजमा खुश्याली  भएको महागढीमाई नगरपालिका वडा नं १ मा बस्ने ४५ बर्षीय बेलास राम बताउछ। 

त्यस्तै लकडाउनले घरमा भएको चावल दाल सकेको अवस्थामा वडा कार्यालयबाट पाएको खधान्यबाट केही दिन सम्म राहत भएको  महागढीमाई नगरपालिका वडा नं १ मा बस्ने राम दुलारी राम पनि बताउछिन । 

राहत बितरण कार्यक्रमा उपस्थिति धिरेन्द्र सिंह , ध्रबेन्द्र साह कानु , रामबाबु साह , मुकेश साह , जगदेव साह लहेरा , शिवचन्द्र कुशवहा ,रामबाबु शर्मा ,  वडा कार्यालयको सदस्य , स्थानीय गरिब बिपन्न परिवारका सदस्य ,वडा  प्रहरी , पत्रकार , लगाएत उपस्थिति रहेको थियो ।