बारा-चैत -३-श्रीकान्त गुप्ता - पर्साको नेशनल मेडिकल कलेजले गरिब दलित बस्तीमा संचालन गरिएको नि: शुल्क दन्त स्वास्थ शिविरबाट गरिब बिपन्न ब्यक्तिहरुको पाँच लाख भन्दा बढीको बचत भएको छ ।
महागढीमाई नगरपालिका वडा नं ७ मा गरिब दलित बर्ग दन्तका बिरामीहरुले आर्थिक समस्याका कारण उपचार गराउन नसकिदा र झन समस्या दिन प्रती दिन बढदै गएको देखेर महागढी नगरपालिका वडा नं ७ को सहयोगमा पर्सा नेशनल मेडिकल कलेजले नि: शुल्क दन्त स्वास्थ शिविर आज संचालन गरिएको छ ।सो शिविरमा दुई सय नौ जना बिरामीलाई नेशनल मेडिकल कलेजले नि: शुल्क उपचार गरिएको छ। जसमध्ये विभिन्न उमेरका पुरुष एक सय सोह्र,जना विभिन्न उमेरका महिला पचहत्तर जना र विभिन्न उमेरका अठार जना बालबालिकालाई उपचार गरिएकोछ । कुल बिरामी मध्ये अठाइस जना बिरामीको सडेको दांतलाई निकालेर उपचार गरिएको नेशनल मेडिकल कलेजका सेराज अहमदले जानकारी गराउनु भएको छ ।
महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले वडा अध्यक्ष शिवेन्द्र प्रताप सिंहको अध्यक्षतामा वडा नं ७ तेलकुवा टोलमा नि:शुल्क दन्त स्वास्थ शिविर कार्यक्रमको उद्घाटन गरिएको छ ।नगरप्रमुख उपेन्द्र प्रसाद यादवले नि:शुल्क दन्त स्वास्थ शिविर कार्यक्रमको उद्घाटन गर्दै नेशनल मेडिकल कलेज हाम्रो देशको मेरुदण्डको रुपमा रहेको नगरप्रमुख यादवले बताउनु भएको छ ।उहाँले भने हाम्रो देशमा रहेको अन्य अस्पताल भन्दा नेशनल मेडिकल कलेजले जटिल भन्दा जटिल रोगीलाई सस्तो र प्रभावकारी रुपमा उपचार गरेर मुलुक र जनतालाई सेवा दिदै आएको छ ।नेपालको अर्थतन्त्र बलियो बनाउनको लागि नेशलन मेडिकल कलेजको अहम भुमिका रहेकोे छ ।नेशनल मेडिकल कलेजबाट हरेक बर्ष बिद्यार्थीहरुले शिक्षण गरेर नेपालको विभिन्न ठाउँमा डाक्टरको रुपमा खटेर स्वास्थ क्षेत्रमा सुधार ल्याएको छ । अब नेशनल मेडिकल कलेज गाउँ गाउँ टोल टोलमा नि:शुल्क स्वास्थ शिबिर संचालन गरेर   गरिब जनताको लाखौं लाख खर्च हुनबाट बचत गरिरहे   छ ।आज नि: शुल्क दन्त स्वास्थ शिविरबाट तेलकुवा टोलको दलित ब्यक्तिहरुको करिब पाँच लाख भन्दा बढी रकम खर्च हुनबाट बचत गरेको नगरप्रमुख यादवले बताउनु भएको छ ।
नि: शुल्क दन्त स्वास्थ शिविरमा अनुभवी डा. अबिनाश सिंह ,डा. हरेन्द्र मोहन सिंह डा.राजेश साह, डा.सुर्बी मिश्रा , डा.सिमा यादव द्वारा बिरामीलाई  उपचार गराएको महागढीमाई नगरपालिका वडा नं ७ का वडा अध्यक्ष शिवेन्द्र प्रताप सिंहले जनकारी दिनु भएको छ । 

कार्यक्रममा बिशिस्ट अतिथि सेराज , अहमद ,अतिथि  - डा. अबिनाश सिंह , डा. हरेन्द्र मोहन सिंह डा. राजेश साह डा. सुर्बी मिश्रा , डा. सिमा यादव ,टेक्नेसियन कर्मी , समाजसेवी, भलभलादमी स्वास्थ प्रेमी , पत्रकार मित्र लगाएतको उपस्थिति रहेको थियो ।