बारा -फागुन - ९ - मेरो माइक्रोफाइनान्स लघुवित वितिय संस्था लिमिटेड मनहर्वाको आयोजनामा वितिय साक्षरता संचेतना कार्यक्रम बुधबार सम्पन्न भएकोछ ।
मेरो माइक्रोफाइनान्स लघुवित वितिय संस्था लिमिटेड केन्द्रिय कार्यालयको विभागिय प्रमुख र योजना तथा तालिम विभागका उमेश मान डंगोलको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा देश निर्माणमा मेरो माइक्रोफाइनान्स लघुवित वितिय संस्थाले अहम् भुमिका खेलेका छन ।देशमा रिणीले ऋण लिएर समयमा ऋण नतिर्ने र वितिय संस्थालाई ऋणी द्वारा हेप्ने काम भइरहेकोेछ । कति रिणिले ऋण लिएर कर्जा माफ गराउन उदेश्यले काठमाडौको विभिन्न ठाउँमा आदोलन  गरिरहेको छ ।सरकारले यो पनि कुरा ध्यानम राख्नु पर्न हुन्छ । मेरो माइक्रोफाइनान्स लघुवित वितिय संस्थामा जनताको बचत गरेको पैसालाई ऋणीलाई ऋण दिएर संस्था चलिरहेको हुन्छ । तर ऋणीले आफ्नो फाइदाको अरुले नोक्सानी गराउने सोच कहिले पनि पूरा नहुने डंगोलले बताउदै  शाखाबाट लगानी गरिएको ऋणलाई  ताकता गरि ऋण उठाएर शाखालाई अगाडि बढाउन क्रमचारी आग्रह गर्नु भएकोछ ।

मेरो माइक्रोफाइनान्स लघुवित वितिय संस्था लिमिटेड मनहर्वाका शाखाका प्रबन्धक श्री किशोर प्रसाद कुशवाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अनुगमन अधिकृत श्री कमल बिमिरे, ऋण तथा बचत ग्राहक ,समाजसेबी , भलभलादमी ,मेरो माइक्रोफाइनान्स लघुवित वितिय संस्थाका क्रमचारीहरुको उपस्थिति रहेको थियो ।