बारा- फागुन - ०९ - बारागढी गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय तथा शहरी बिकास केन्द्र संस्था द्वारा मिटर ब्याजी सम्बन्धि संचेतनामुलक सडक नाटक  कार्यक्रम आज देखि वडाभरी संचालमा आएको छ ।
बारागढी गाउँपालिकाको सहयोगमा स्थानीय तथा शहरी बिकास केन्द्र संस्थाले संचालन गरेको मिटर ब्याजी सम्बन्धि जनचेतना मुलक कार्यक्रमको उद्घाटन  बारागढी गाउँकार्यपालिका अध्यक्ष अशोक कुमार जयसवालले कार्यक्रमको उद्घाटन गरिदै देशमा मिटर ब्याजको कारण ऋणीको घरघरारी ,खेतबारी लिलाम भएर ऋणले सडकमा गएको अवस्था रहेको बताउनु भयो गरिब बिपन्न दलित सोझा साझा जनतालाई साहुमहाजनले एक लाख ऋण दिदा दोबर र तेब्बरको कपाली कागज बनाएर घर जग्गा हड्पने अवस्था रहेकोछ।सोबाट बच्नको लागि बारागढी गाउँपालिकाको सबै वडामा मिटर ब्याजी सम्बन्धि जनचेतना मुलक सडक नाटक कार्यक्रम मार्फत  जनचेतना फैलाउने उदेश्यले बारागढी गाउँपालिकाको सबै वडामा कार्यक्रम संचालन हुन लागेको गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालले बताउनु भयो उहाँको अनुसार जथाभावी ऋण नलिन र ऋण लिन आवस्यकता परेमा वडा अध्यक्षको रोहबरमा र बैकको चेक मार्फत ऋण लिन र ब्याज दिदा भरपाई गराउनको लागि सर्बसधारणलाई अध्यक्ष जयसवालले अनुरोध गर्नु भयो ।

बारागढी गाउँपालिका उपाध्यक्ष लक्ष्मी देबी रायले स्थानीय तथा शहरी बिकास केन्द्र संस्था द्वारा आयोजना गरिएको मिटर ब्याज सम्बन्धि सडक नाटक मधेस प्रदेशको पहिलो पालिका बारागढी गाउँपालिकाबाट मिटर ब्याजी सम्बन्धि जनचेतनामूलक कार्यक्रम संचालन भएको बताउनु भयो स्थानीय तथा शहरी बिकाश केन्द्र  संस्थाले गरिरहे कार्यक्रमबाट संचेत भएर गरिब बिपन्न दलित जनताहरुको उदार हुने बिश्वास गरेका छिन । यस नाटकबाट केही सिकेर एक अर्कालाई सम्झाउने बुझाउने र जथाभावी ऋण नलिन र नदिन आग्रह गरिन मिटर ब्याज सम्बन्धि वा कुनै किसिमको पालिकामा बिबाद भएमा न्याय समितिमा निबेदन दिन कार्यक्रममा अनुरोध गरेकीछिन ।

कार्यक्रममा बारागढी गाउँकार्यपालिका सदस्य रेनु जयसवाल ,भगवान चौधरी ,धनमन्ती देबी मलाही,अन्य जनप्रतिनिधि, स्थानीय ,सर्बसधारण ,समाजसेबी शिक्षासेबी,पत्रकार,लगाएतको उपस्थित रहेको थियो ।