बारा- माघ - १८ - श्री रामचरित्र उच्च माध्यमिक बिधालयले स्व रामचरित्र जैसवारको ६१ औं स्मृति दिवस मनाउदै सरकारले जैसवारको कृतिको मुल्यांकन गरेर राष्ट्रिय ब्यक्तित्वको रुपमा घोषणा नगरेको बिधालयले गुनासो गरेका छन ।
बाराको आदर्श कोतवाल गाउँपालिका अवस्थित रहेको श्री रामचरित्र उच्च माध्यमिक बिधालयको प्राङ्गणमा बिधालयको प्रधानाध्यापक दिनेश साहको अध्यक्षतामा आदर्श कोतवाल गाउँपालिका अध्यक्ष जवाहरलाल साहको प्रमुख अथितिमा जैसवारको ६१ औं स्मृति दिवस भब्य रुपमा सम्पन्न भएकोछ। कार्यक्रममा प्रमुख अतिथि जवाहरलाल साहले जैसवारको कृति आदर्श कोतवाल पालिकाले कहिले विश्ने छैन ।नेपाल सरकारले उहाँको कृतिलाई मुल्यांकन गरेर राष्ट्रिय ब्याक्तित्वको रुपमा पहिचान दिन नसकेको दु:ख व्यक्त गर्नु भयो बिधालय अस्पताल र मठ मन्दिर निर्माणको लागि आफ्नो नाममा रहेको चालीस बिगहा ,बाह्र कठ्ठा छ धुर ,बिधालयलाई सताइस कठ्ठा मठ मन्दिरलाई र सात कठ्ठा अस्पताल निर्माणको लागि जग्गा दान गरेर समाज सेवामा जुटेका जैसवारलाई समाजका अराजक तत्वले निर्दयी रुपले हत्या गरेर पनि त्यो बेलाको सरकारले हत्यालाई कानुनुको दयारामा ल्याउन सकेन र वहाँको शरीर नस्ट भयो तर वहाँको बिचार सोच ,र भावना अहिले सम्म जिउदै रहेको जिकिर गर्नु भयो ।
समाजसेबी रामचरित्र जैसवारले बिधालयमा दिएको जग्गाबाट आएको आम्दानीबाट पहिला बिधालय चल्दै आएको थियो ।पछि आएर सरकारले आफ्नो मातहतमा लिएर सरकारी क्रमचारीबाट पठनपाठन गराउदै आएको छ । यस बिधालयबाट पढेलेखेका बिद्यार्थीले देशको उच्च ओहदा सम्म पुगेर सरकारको सेवामा लागेछ । तर पनि सरकारले बिधालयम ध्यान दिएको छैन । जैसवारको योग्दानलाई कदर गरेर राष्ट्रिय ब्यक्तित्वको रुपमा घोषणा नगरेको प्रधानाध्यापक साहले बताउनु भएको छ।
कार्यक्रममा अथिती आदर्श कोतवाल गाउँपालिका उपाध्यक्ष मिरा देबी , प्रशासकीय अधिकृत नाथु सहनी, वडा अध्यक्षहरु , नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनी , समाजसेबीहरु , प्रहरी , पत्रकार मित्र , बिद्यार्थी , लगाएतको उपस्तिथि रहेको थियो । कार्यक्रमको संचालन राजकुमार कुशवाहाले गरेको थियो

0 Comments