सिराहा - माघ - १५ नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको निर्णय अनुसार महोत्तरी , १६ गते सहिद दिवस माउने पार्टी कार्यालय जलेश्वर शुरूवात गर्न अभियान  र  जिल्लाको १३६ वडाहरुमा यहि माघ १६ गते देखि  “समुदायमा कांग्रेस अभियान” संचालन गर्ने भएकाे नेपाली कांग्रेस मधेस प्रदेश प्रचार प्रमुख नितेश कुमार गुप्ताले  जानकारी दिए 


उनका अनुसार केन्द्रले ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ अभियानकाे नारा तय गरेको छ । जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्न लागिएको प्रचार प्रमुखले वताए ।माहामन्त्री गगन थापाको हुलाकी राजमार्गको यात्रालाई भव्य स्वागत तथा सफल बनाउन महोत्तरी जिल्ला समितीले गरेको बताउनु भयो । 

साे अभियान संचालनकाे लागि कांग्रेसको केन्द्रिय प्रतिनिधिको रूपमा पदम नारायण चौधरीलाई खटाइएकाे छ ।

नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादबको अध्यक्षतामा बसेकाे बैठकले महोत्तरीको सबै वडामा अभियान संचालन गर्ने निर्णय गरेकाे छ ।