बारा - पुस - ४ - भारतको अयोध्या अवस्थित नवनिर्मित भगवान श्रीराम मन्दिरको प्राण प्रतिष्ठाकाको उपलक्ष्यमा महागढीमाई मन्दिरको प्राङ्गणमा एक लाख एकाउन्न हजार दिप प्रज्वलन गर्ने सर्बदलिय बैठबाट निर्णय भएको छ । 
मित्र राष्ट्र भारतको अयोध्या अवस्थित भगवान श्री राम मन्दिरको प्राण प्रतिष्ठा यही माघ ८ गते सोमबारको दिन रहेको हुनाले सो उपलक्ष्यमा महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा बसेको सर्बदलिय बैठकबाट महागढीमाई मंन्दिरको प्राङ्गणमा एक लाख एकाउन्न हजार दिप प्रज्वलन गर्ने निर्णय भएको छ ।दिप प्रज्वलन तयारीको लागि विभिन्न समिति चयन गरेर तयारीको काम अगाडि बढाइएको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताउनु भएको छ। महागढीमाई नगरपालिकाको आर्थिक सहयोगमा दिप प्रज्वलन कार्यमा बाराबासीको श्रम दान र आर्थिक सहयोग रहेको छ ।दिप प्रज्वलनका दिन रामसिता माताको रथ यात्रा निकालिने र महागढीमाईको मंन्दिरमा रामसीताको दिपको आकृती चित्र बनाउने निर्णय भएको छ । महागढीमाई नगरपालिका वडा नं १ भटी देखि मन्दिर सम्म बाटोको दुबै छेउमा दिप प्रज्वलन गर्ने ,सनातन धर्मको सबै भन्दा ठूलो दिन रहेको हुनाले महागढीमाई नगरपालिका सबै वडाका स्थानीयहरु अ आफ्नो घरमा सरसफाइ गरेर दिपावाली जस्तो दिप प्रज्वलन गर्नको लागि नगरप्रमुख यादवले आग्रह गर्नु भएको छ । सो दिन महागढीमाई नगरपालिका भरी मदिरा पसल मासु पसल बन्द गर्ने निर्णय भएको छ । 

सो बैठकमा महागढीमाई नगरपालिका उपमेयर तारा देबी कानु , वडा १ का वडा अध्यक्ष मनोज गुप्ता , वडा नं २ बिश्वनाथ प्रसाद कुशवाहा, श्री गढीमाई मंन्दिर ब्यवस्थापन समितीका अध्यक्ष रामचन्द्र साह , श्री गढीमाई बहुमुखी क्याम्पसका ब्यवस्थापन समिति अध्यक्ष बिजय स्वर्णकार,तेली ,महागढीमाई नगरपालिका अन्तरगत रहेका बिधालयका प्रधानाध्यापकहरु , निजी बिधालयका प्रधानाध्यापकहरु ,अन्य दलका नेता , समाजसेबी कैलास महतो ,पानालाल साह कलवार जगदेव लहेरा,लगाएत अन्य समाजसेबीको उपस्थिति रहेको थियो ।