बारा - पुस - २३ - महागढीमाई नगरपालिकाको आर्थिक बर्ष २०८० /०८१ को पुरक नगर सभा सम्पन्न भएको छ। 
महागढीमाई नगरपालिका नगरप्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा पुरक नगर सभा सम्पन्न भएको छ पुरक नगर सभामा बजेट संशोधन र मुख्य एजेन्डा माथी छलफल गरेर सर्बसहमती र शान्ति पूर्ण तरिकाले पुरक नगरसभा सम्पन्न भएको हो । पुरक नगर सभामा महागढीमाई मंन्दिरको प्राङ्गणमा चिडियाखाना संचालन र आवस्यक बिधीहरु माथि छलफल भएको छ।जस्तै बिधालय सरसफाइ कार्यबिधि , आर्थिक सहायता कार्य विधि ,स्थानीय सीप संचालन कार्यबिधि नगरप्रहरी संचालन ऎन ब्यवस्था , खानेपानी सरसफाइ ऎन , संक्षेप बाताबरणिय अध्यन प्रारम्भिक बाताबरण , परिक्षण कार्यबिधि  माथि खुल्ला रुपमा छलफल भएको छ ।त्यस्तै महागढीमाई पंञ्चबर्षिय मेला मुअबजा बितरण , वडा नं १ वडा कार्यालय भवन निर्माण  अपुग रकम , फोहोर ब्यवस्थापनको लागि जग्गा खरिद , नगरपालिकाको जग्गा खरिद , वडा नं ३ कार्यालय निर्माणका लागि जग्गा खरिद ,आँखा उपचार सेवा केन्द्र संचालन , र ब्यवस्थापनको बारे छलफल भएको छ ।  मरुती महा यज्ञ ,बरियारपुर स्वास्थ्य चौकी पुरानो भवन भत्काउने सम्बन्धमा , गंजभवानीपुर मेला ठेक्का सम्बन्धमा , नगरपालिकाको थप बजेटको लागि लिजा र फ्रा सम्बन्धमा छलफल भएर पुरक नगर सभा सम्पन्न भएको छ । 

पुरक नगर सभामा उपमेयर तारा देबी कानु ,महागढीमाई नगरपालिका कार्यालयको कार्यपालिका सदस्य , वडा अध्यक्षहरु ,वडा सदस्यहरु ,क्रमचारी ,प्रहरी ,नगरप्रहरी , र पत्रकार मित्रहरुको उपस्तिथि रहेको थियो ।