बारा -असोज - २७ -  रामलाल चानावालावा र मोहन वीर बिक्रम साह  जस्ता ब्यक्तिको मृत्यु भएपनि उहाँहरुको सोच,बिचार , भावना अहिले पनि जीबित रहेकोले रामराजा (मो. वि .शाह) बहुमुखी क्याम्पसले बाराको शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको पुर्व प्रदेश सभा सदस्य पारस साहले रामराजा (मो. वि .शाह) बहुमुखी क्याम्पसको १६ औं सधारण सभा कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताउनु भएको छ ।यस क्याम्पसबाट धैरै बिद्यार्थीहरु पढेर नेपालको विभिन्न पद ओहदा सम्म पुगेर देशको सेवामा लागेर यस क्याम्पको पहिचान बनाएकोछ ।तर राजनीति  कारणले क्याम्पसको आर्थिक अवस्था दिन प्रतिदिन कम्जोर हुँदै गएको छ । नि बर्तमान जनप्रतिनिधिले ध्यान नदिएको कारणले झन अवस्था बिगृदै गएको छ ।आफू पराजित भए पनि प्रदेश सरकार र केन्द्र सरकारसंग सहयोगको माग गरेर क्याम्पको स्तर उन्नतिमा लाग्ने साहले बताएका छन ।
रामराजा ( मो. वि . शाह ) क्याम्पस जिल्लाको सब भन्दा पुरानो क्याम्प रहेपनि निर्वाचित जनप्रतिनिधि र पदाधिकारीले ध्यान नदिएको कारणले भुइकम्पबाट चर्केको भवनमा ज्यानको जोखिम मोरेर तीस जना शिक्षक र तेह्र सय पैतालीस  बिद्यार्थीहरु पठन पाठन गर्न बाध्य रहेको छ ।नि. माबि स्रहको तलबमा शिक्षकहरु खटिरहेको रामराजा (मो. वि .शाह ) बहुमुखी क्याम्पसका प्रमुख हरिभुसन कुशवाहाले गुणासो व्यक्त गर्नु भयो । देशको मेरुदण्ड शिक्षा हो जब सम्म जनप्रतिनिधिले बिकाशका लागि शिक्षा क्षेत्रमा ध्यान दिदैन भने देशको अवस्था कस्तो हुन्छ ।भने यो कुरा जनप्रतिनिधिले बिचार गर्नु पर्ने हुन्छ ।यस क्याम्पसका पुर्व बिद्यार्थीहरुले सरकारी क्षेत्रमा नाम निकालेर राज्यको सेवा गर्ने ५ जना बिद्यार्थी मध्ये सम्मानित भएका राष्ट्र  बैंकका सहायक निर्देशक श्यामसुन्दर प्रसाद केशरी,फेटा गाउँपालिकाका प्रसासकिय अधिकृत सुनिलसाह जिल्ला प्रसासन कार्यालय बाराको गितान्जली सिंहलाई चादर ओढाएर सम्मान गरेर अहिलेको बिद्यार्थीमा शिक्षा प्रती हौसला बढाएको कुश्वाहाले बताए ।
बारा क्षेत्र नं ३ का निर्वाचित प्रतिनिधि सभा सदस्य , ज्वाला साह , प्रदेश सभा सदस्य समीर महमद अंसारी , कलैया उपमहानगरपालिका नगरप्रमुख बिनोद साह ब्यस्ताको उपस्थिति हुन नसक्दा आफ्नो प्रतिनिधि पनि पठाउनु पर्थ्यो तर पठाउनु भएन शिक्षा क्षेत्रबाट यस क्षेत्रको पहिचान बन्छ । शिक्षा क्षेत्र कम्जोर रहन्छ। भने दक्ष अनुभवी जनशक्ति उत्पादन हुदैन यस क्षेत्रको नाम सहित अस्तित्व डुब्छ ।आजको समयमा शिक्षाको आवस्यकता रहेको हुनाले जनप्रतिनिधिलाई शिक्षा क्षेत्रमा ध्यान दिन जरुरी रहेको सधारण सभाको अध्यक्षता गरिरहनु भएका क्याम्पसका अध्यक्ष जङ्गबहादुर चौरसियाले यस्तो बताउनु भयो । 

क्याम्पसको सधारण सभा कार्यक्रममा क्याम्पसका पुर्व अध्यक्ष प्रभु पटेल,जसपा केन्द्रिय सदस्य रामकिशोर यादव , लोसपाका सहमहामन्त्री श्याम गुप्ता,तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेल,नेमकिपा बाराका अध्यक्ष मुक्ती यादव श्री गढीमाई बहुमुखी क्याम्पसका अध्यक्ष बिजय स्वर्णकार,क्याम्पस कोषाध्यक्ष सरस्वती खरेल, क्याम्पसका प्रमुख (प्रसासनिक)निबेश तिमिल्सिना लगाएत क्याम्पसका अन्य क्रमचारी शिक्षक र पदाधिकारीहरुको उपस्थिति रहेको थियो त्यस्तै अन्य जनप्रतिनिधि बिधालयका प्राध्यापक ज्यूहरुको उपस्थिति रहेको थियो कार्यक्रममा स्वागत मन्तव्य क्याम्पसका सभा सदस्य श्रीप्रसाद पास्वानले स्वागत गरेको थियो भने कार्यक्रमको सन्चालन क्याम्पसका अनुसासन तथा अतिरिक्त कृयाकलाप प्रमुख अमित मिश्रले गरेका थिए ।