बारा - भाद्र - २३- श्रीकान्त गुप्ता - मधेश प्रदेश बारा जिल्लाकाे बारागढी गाउँपालिकालाई पुर्ण साक्षर गाउँपालिका घोषणा गरिएको छ 

सम्बन्धित पालिकामा १५ देखि ६० वर्ष उमेरका ९५ प्रतिशत नागरिक साक्षर भएको पाइएमा साक्षर पालिका घोषणा गर्न सकिने प्रावधान रहेको छ ।सोही प्रवधान अनुसार बारागढी गाउँपालिकामा ९७ दशमलव २५ प्रतिशत नागरिक साक्षर बनेकोछ ।बारागढी गाउँपालिका लाई  साक्षरता बनाउनको लागि बारागढी गाउँपालिकाले साक्षरता कक्षा सञ्चालन गरिएको थियो। त्यसबाट सधारण लेखपढ गर्न सकिने ,मोबाइल चलाउन सक्ने, क्याल्कुलेटर थिच्न सक्ने, घडीको समय हेर्ने, अंक चिन्ने, आफ्नो नाम लेख्न सक्ने करिब सत्र हजार दुई सय एगार जनालाई साक्षर बनाएको बारागढी गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालले बताएको छ।
मधेस प्रदेशको तेस्रो गाउँपालिकाको रुपमा र बाराको पहिलो गाउँपालिकाको रुपमा बारागढी साक्षर पालिका घाेषणा भएकाे मधेश प्रदेश सरकारका मुख्यमन्त्री सराेज यादवले बताउदै मधेश प्रदेश सरकारले कृषि , स्वास्थ र  शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर बिकास गरिरहेको बताउनु भएको छ ।नेपाल सकारले एक बर्षमा तयारी गरेको बजेट मध्ये तीस प्रतिशत बजेट स्थानीय सरकार प्रदेश सरकारलाई दिदै आएकोछ ।जस मध्ये सबै भन्दा बढी जनसंख्या भएको  मधेस प्रदेश सरकारसंग विभेद गरेर सबै भन्दा कम बजेट मधेस प्रदेशलाई बजेट दिएको मुख्यमन्त्री यादवले आरोप लगाएको हो ।बजे अभाव र जनसंख्या बढी भएको कारणले बिकास गर्नमा समस्या भए पनि बिकास गर्ने र स्थानीय तहमा धेरै दिन देखि क्रमचारीको बढुवा रोकिएको छ । क्रमचारी  बढुवाको लागि प्रदेश सरकारले ऎन बनाएर सदन पुर्याएको मुख्यमन्त्री सरोज कुमार यादवले बताउनु भएकोछ । त्यस्तै बारागढी गाउँपालिकामा शिक्षा क्षेत्रमा बिकासको लागि ५ करोड दिने मुख्यमन्त्रीले बताए । 

हाल नेपालमा छ वर्षभन्दा माथिको साक्षरता दर ७८ प्रतिशत, १५ देखि २४ वर्ष उमेर समूहको ९२ प्रतिशत, २४ वर्षमाथिको ५८ प्रतिशत र १५ देखि ६० वर्ष उमेर समूहको साक्षरता दर ८५ रहेको छ ।