बारा - असोज -३ - बाराको प्रसौनी गाउँपालिकाले प्रभात फेरि राष्ट्रिय गानाका साथ संबिधान दिवस मनाइएको छ 
मुलुकको संविधान हासिल गर्न आफ्नो जीवन उत्सर्ग गर्ने महान शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेशी, आदिवासी जनजाति र विभिन्न समुदायका संघर्षमा सहभागी सबैप्रति आभार प्रकट गर्दै गाउँपालिकाका जनप्रतिनिधि , क्रमचारी , राजनीति दल , र सर्बसधारणले संबिधान दिवस मनाएको प्रसौनी गाउँपालिकाले अध्यक्ष बिनोद प्रसाद जयसवालले बताउनु भएको छ । 

संविधानले नागरिक तथा राजनीतिक मात्र होइन आर्थिक, सामाजिक, सांस्कृतिक हक अधिकार पनि  सुनिश्चित गरेको छ । संविधानले नेपालमा बसोवास गर्ने समस्त आदिवासी, जनजाति, महिला, दलित, अल्पसंख्यक, मुसलमान, मधेसी, थारु, उत्पिडित पिछडिएका वर्ग, क्षेत्र लगायत सम्पूर्ण नेपालीले आजसम्मको संघर्षबाट प्राप्त गरेका हक अधिकार र अवसरको सुनिश्चिततालाई संस्थागत गरेको छ । सबैको भाषा, संस्कृति, परम्परा, धर्मको संरक्षण र सम्बर्द्धनको बाटो फराकिलो गरेको छ भने विभिन्न जातजाति र समुदायको विशिष्ट अवस्थालाई ध्यानमा राखी तिनको हितको प्रवर्द्धन र पैरवीका लागि छुट्टै आयोगहरुको पनि परिकल्पना गरेको छ । यसबाट सामाजिक न्यायको प्रत्याभूति हुनेमा आम जनतालाई महसुस भएको गाउँपालिका अध्यक्ष जसवालले  बताए ।  

बारामा विभिन्न पालिकाले संबिधान दिवसको अवसर विभिन्न कार्यक्रम गरि संबिधान दिवस मनाएको छ । केही राजनीति दलहरु कालो दिन मनाएको छ ।