बारा -असार - २९- जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको नाम मिटरब्याजी फ्रछौटमा दलाल र बिचौलीको बिगबिगी बढेपछि जिल्ला प्रहरी कार्यालय बाराको उपरीक्षक होबिन्द्र बोगटी सतर्कता अपनाउन साहु र पिडित पक्षलाई आग्रह गरेका छन ।
गाउँ घरमा दलाल र बिचौलीयाले साहु पक्ष र पिडित पक्ष लाई गुमराह गरेर पैसा असुलि रहेको गोप्य सुचना जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले सतर्कता अपनाउन साहु र पीडित पक्षलाई आग्रह गरेको हो । गाउँ घरमा दलाल र बिचौलीयले पीडित पक्षबाट आफ्नो जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा राम्रो पहुँच छ । तपाईंलाई ब्याज तिर्नु पर्दै भन्दै प्रशासन खर्च को नाम पैसा उठाउन बिचौली आउन सक्छ । साहु पक्षलाई तपाईंलाई बढी ब्याज दर दिलाई दिन्छौ प्रलोभन र गुमराह गर्न दलाल आउन सक्छ । यस्तो ब्यक्तिबाट तपाईं पनि सतर्क हुनु र अरुलाई सतर्क गराउनु त्यस्तो ब्यक्ति फेला परेमा जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउनु बोगटीले आग्रह गरेका छन ।
पिडित पक्ष र साहु पक्षलाई मार्कामा नपर्ने गरि छलफलबाट निष्कर्ष निकालेर दुबै पक्षलाई सन्तुष्ट बनाएर पठाउने गरेका छ । अहिले सम्म परेको तेत्तीस सय बाइस निवेदन मध्ये करिब ४ सय भन्दा बढी निवेदन माथि दुबै पक्षलाई छलफल गराइ सकेको उपरीक्षक बोगटीले जानकारी गराउनु भएको छ ।जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजी निवेदन माथि छलफल जेष्ठ ३२ गते देखि शुरु भएका छन ।

0 Comments