बारा - सावन ३ - श्रीकान्त गुप्ता - विश्व प्रसिद्ध गढीमाई मन्दिरमा नेपाल प्रहरी श्रीमति संघ मधेस प्रदेशका अध्यक्ष सरला भट्टराईको प्रमुख अथितीमा सरसफाइ तथा बृक्षारोप कार्यक्रम सम्पन्न भएको छ ।
महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा सरसफाइ तथा बृक्षारोपन कार्यक्रममा प्रमुख अथिती नेपाल प्रहरी श्रीमती संघ मधेस प्रदेशका अध्यक्ष सरला भट्टराईले गढीमाईको प्राङ्गणलाई बिद्यार्थीहरुसंग सरसफाइ तथा अन्तरक्रिया कार्यक्रम गरेर बृक्षारोपन कार्यक्रम गरेकीछिन ।महागढीमाई नगरपालिका अन्तरगत रहेका श्री गढीमाई प्राबिधिक माध्यमिक बिधालयका बिद्यार्थीहरुलाई बोट बिरुवा मानव जीवनमा प्रतेक दिन प्रयोग हुने बस्तु हुन ।बोट बिरुवालाई आफ्नो छोरा छोरी जस्तो माया गरेर संरक्षण गर्ने प्रतेक नागरिकको दायित्व रहेको कुरालाई बिद्यार्थीहरुलाई अवगत गराएकी छिन ।अध्यक्ष भट्टराईले गरिब बिपन्न दलित परिवारमा जाडोको समयमा न्यानो कपडा बितरण गर्ने गरिब बिपन्न परिवारको स्तर उन्नतिको लागि विभिन्न किसिमको तालिम संचालन गर्दै आएकी छिन । मुलुक र जनताको हक हितको लागि अहोरात रातदिन खटेर आफ्नो देशको माया गर्ने र आफ्नो देशमा सराहनीय काम गदै आएको हुनाले अध्यक्ष सरला भट्टराईले नेपालको जुन सुकै ठाउँमा पुग्दा आम नागरिकले भब्य स्वागत र सम्मानमा गर्ने गर्छन ।
नेपाल प्रहरी श्रीमती संघ मधेस प्रदेशका अध्यक्ष सरला भट्टराई , प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा,एस एस पी , प्रबिन पोखरेल , जिल्ला प्रहरी कार्यालय बाराका उपरीक्षक होबिन्द्र बोगटी लगाएतले सयूक्त रुपमा विश्व प्रसिद्ध गढीमाईको प्राङ्गणमा फुलको बोटलाई रोपेर महागढीमाई नगरपालिका लगाएत नेपाललाई हरियो नेपालको रुपमा स्थापन गर्न प्रतेक नागरिकमा संदेश दिएका छन ।



0 Comments