बारा - ११ साउन -बारागढी गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवाले बारागढी गाउँपलिकामा ग्यास चुलो तथा सिलिन्डर बितरण गरेका छन ।
बारागढी गाउँपालिका वडा नं १ पिपरा बस्तपुरमा नौ सय चौवालीस वटा घर धुरीमा ग्यास चुलो तथा सिलिन्डर बितरण गर्ने छन ।बारागढी गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएपछि गाउँपालिकलाई धुवाँ मुक्त गाउँपालिका बनाउने निर्वाचनको समयमा जनतासंग गरेको वाचा पूरा गर्ने उदेश्यले गाउँपलिका वडा नं १ मा बिहिबार तीन सय बाह्र घर परिवारमा ग्यास चुलो तथा सिलिन्डर बितरण गरिएकोछ । वडा नं १ मा नौ सय चौवाली घर धुरीमा नौ सय चौवाली ग्यास चुलो तथा सिलिन्डर बितरण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवाले जनकारी गराउनु भएको छ । जसवालका अनुसार वडा नं १ ग्यास चुलो तथा सिलिन्डर बितरण सकेपछि अर्को वडामा पनि बितरण हुनेछ । बितारै गरि गाउँपालिकाका सम्पूर्ण वडामा ग्यास चुलो तथा सिलिन्डर बितरण गर्ने तयारीमा रहेको जनकारी दिनु भएका छन ।
बारागढी गाउँपलिकामा बिकास निर्माणका लागि प्रदेश सरकार र केन्द्र सरकारसंग समन्वय गरेर कृषि क्षेत्रमा सिचाईको लागि नाहर निर्माणको काम अगाडि बढेको छ शिक्षा क्षेत्रमा पुरानो तथा जिर्ण भएको भवनलाई भत्काएर नयाँ भवनको निर्माणको काम अगाडि बढेको छ।गाउँपालिकाको भवन निर्माणको काम अन्तिम चरणमा पुगेकोछ । बर्थिङ्ग सेन्टरमा दिनहुँ चौबीसै घण्टा इमर्जेन्सी सेवा उपलब्ध भएको गाउँपालिका अध्यक्ष जयवालले बताए ।
सो कार्यक्रममा वडा न. ३ का वडा अध्यक्ष उमेश प्रसाद साह, कार्यपालिका सदस्य रामएकवाल हाजारा, धन्मनती मलाहीन, रेनु जयसवाल, लेखा अधिकृत अजय चौधरी लगाएतका कर्मचारी तथा जनप्रतिनिधिहरू प्रहरीहरुको उपस्थिति रहेकोथियो ।
,



0 Comments