बारा-सावन - १२ - रक्सौल काठमान्डौं रेल मार्गको रुट १२ वटा स्टेसन तय भएकोछ ।
भारतीय सरकार पक्षले रेलमार्गको अध्ययन गरेर नेपाल सरकारलाई बुझाएको प्रतिवेदनमा १२ वटा स्टेसन बनाउनु पर्ने बताएका छन ।रेल विभागका प्रवक्ता एवम् सिनियर डिभिजनल इन्जिनियर अनिलकुमार चित्रकारका अनुसार रक्सौलदेखि पर्साको वीरगञ्ज, बेलुवा, बाराको मनहर्वा, सपही बजार, निजगढ, मकवानपुरको धियाल, शिखरपुर, सिस्नेरी हुँदै रेलमार्ग काठमाडौंको सतिखेल भएर खोकनासम्म प्रस्ताव गरिएको छ ।
प्रारम्भिक चरणमा १३६ किलोमिटर लामो रेलमार्ग निर्माण हुने अनुमान गरिएकोमा अहिले अन्तिम प्रतिवेदनमा १४० किलोमिटर लामो हुने भएको छ ।

0 Comments