बारा -सावन - ५- श्रीकान्त गुप्ता - महागढीमाई नगरपालिका अन्तगत शिक्षाको गुणस्तर उच्च वृद्धि गर्नको लागि नगरप्रमुख उपेन्द्र प्रसाद यादव द्वारा १२ कोठे भवनको आज उद्घाटन गरिएको छ । 

महागढीमाई नगरपालिका वडा नं १ अवस्थित श्री गढीमाई प्राबिधिक नमुना माध्यमिक बिधालयको दोस्रो भवनको तेस्रो तल्लाको १२ कोठे भवनको नगरप्रमुख उपेन्द्र प्रसाद यादवले समुद्घाटन गरिएको हो ।श्री गढीमाई प्राबिधिक नमुना माध्यमिक बिधालयमा बिद्यार्थी को चाप बढेपछि जिर्ण र पुरानो भवनमा पठन पाठन प्रभावित बनेपछि नयाँ भवन निर्माणको काम शुरु भएको थियो ।सो दोस्रो भवनको तेस्रो तल्लाको १२ कोठे भवनको समुउद्घाटन गर्दै मानिसले शिक्षा आर्जन गर्ने स्कूल, क्याम्पस आदि हुन्। यीनै ठाउँमा विद्यार्थी व्यक्ति को ज्ञान रूपी आँखा खुल्दछ। ज्ञान आर्जन गरिसकेपछि व्यक्तिभित्रको अज्ञानहरूकी अन्धकार फाट्दै वा हराउँदै जान्छ अनि मानिस मूर्ख नभई ज्ञानी हुन्छ। आजको युगमा अशिक्षित मानिसले खुब दुख पाउँछ। अशिक्षित मानिसले पशुको जस्तै नारकीय जीवनको भोग्नुपर्ने हुन्छ। त्यसै गरी शिक्षित मानिसको दिमागमा अन्धविश्वास पनि जरा गाडेको हुन्छ। अन्धविश्वासमा अल्झेका मानिसको उन्नति हुन्। सक्दैन। कुनै पनि मानिसको विकासमा शिक्षा नै सहायक भएकोले पनि यसको महत्त्व उच्च रहेको नगरप्रमुखले बताए ।
नारी र पुरुष दुवै शिक्षित भए भने मात्र समाज वा राष्ट्रको उन्नति हुन् सक्छ । नारीले पनि पुरुष सरह पढ्न पाउनुपर्ने कुरामा सबैले जोड दिनु अति आवश्यक छ। अझै पनि हाम्रो देशका कतिपय ठाउँमा छोरीहरूलाई पढाउने गरिँदैन। यसरी छोराहरू मात्र शिक्षित भई ठाउँमा छोरीहरू शिक्षित भएनन् भने शिक्षाको अर्थ रहँदैन। नारीहरू अशिक्षित हुँदा समाज र राष्ट्रको विकास पुरा नभई अधुरो रहन्छ। त्यसैले आजको समयमा छोरा र छोरीलाई शिक्षामा दिनु जरुरी रहेको नगरप्रमुखले बताउनु भएको छ ।
उद्घाटन कार्यक्रममा श्री गढी प्राबिधिक नमुना माध्यमिक बिधालय प्रधानाध्यापक मनोज साह , अन्य क्रमचारी शिक्षक ,बिद्यार्थी ,वडा सदस्य ,समाज सेबी लगाएतको उपस्तिथि रहेको थियो ।


0 Comments