बारा -सावन -०१- बारागढी गाउँपालिकाद्वारा सिचाईको लागि किसानहरुलाई 1 एच पी को बिधुतीय मटर बितरण गरेका छन ।
बारागढी गाउँपालिकामा किसानहरुलाई कृषि क्षेत्रमा आत्मा निर्भर बनाउनका लागि पचास प्रतिशत अनुदानमा 1 एच पी को बिधुतीय मटर बारागढी गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालले बितरण गरेको हो ।बारागढी गाउँपालिका वडा नं ३ मा श्रीपुरा , मुर्की ,खोपवा ,नायका टोल सुनरपुर लगाएतका त्रिपन्न जना किसानहरुलाई बिधुतीय मटर बितरण गरेकोअध्यक्ष अशोक कुमार जयसवालले जनकारी दिनु भएकोछ। बारागढी गाउँपालिकाका अधिकांश किसानहरुलाई कृषि क्षेत्रमा आत्मा निर्भर बनाउन र स्तर उन्नति र आर्थिक अवस्था सुधार गर्नको लागि बिधुतिय मटरको बितरण गरिएकोछ ।बिगतको समयमा सिचाईको अभावमा किसानहरुले अकाशे पानीमा आशृत भएर खेतीपाती गर्न बाध्य थियो ।वर्षा नहुदा विभिन्न बालीहरु पानीको अभावमा नष्ट भएर लाखौंको छती बेहोर्नु परेको थियो । तर बिधुतीय मटर किसानहरुलाई पाए पछि खेतीपाती गर्न सहज हुन्छ । भने बिश्वासका साथ उनीहरुमा खुसी भएका छन ।
बारागढी गाउँपालिकामा पछिल्लो समयमा किसान हरुलाई५० प्रतिसत अनुदानमा बोरिङ्ग धान बिउ ,मकै बीउ गहु बीउ र बेशिजनी तरकारीको बिउ ,र समय समयमा खादमल उपलब्ध गराउदै आएका छन । ।गाई , भैंसी र बाख्रा जस्ता घरपालुवा जनावरका लागि खाद्यान्न सामग्रीको प्याकेज बनाएर समय समयमा गाउँपालिकाले बितरण गरेपछि किसानहरुलाई राहत भएका छन ।
बारागढी गाउँपालिकामा बजार ब्यवस्थापनमा ध्यान दिन जरुरी छ । किसानले खेतमा उत्पादन गरेको तरकारी जिल्ला सम्म पुर्याउन खासै समया रहेको छैन ।आउदो समयमा गाउँपालिकाको हरेक बजारमा सेड निर्माण र कृषि क्षेत्रलाई बिकास गर्ने अध्यक्ष जयवालले बताए ।


0 Comments