बारा -असार - २९ -  महागढीमाई नगरपालिका नगर प्रमूख उपेन्द्र प्रसाद यादवले कक्षा ९ का एक सय दस छात्राहरूलाई साइकल बितरण गरेका छन । 
महागढीमाई नगरपालिका वडा नं १ अवस्थित रहेका श्री गढीमाई महेन्द्र प्राविधिक नमूना माध्यमिक बिधालयका कक्षा ९ का अध्ययनरत एक सय दस जना छात्राहरूलाई साईकल वितरण गरेको हो ।शिक्षामा छात्राहरुको सहभागिता बढाउन र छात्राहरुलाई आउन जान सहज हुने उदेश्यले कक्षा ९ का बिद्यार्थीलाई साइकल बितरण गरेको महागढीमाई नगरपालिका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले कार्यक्रममा बताउनु भएको छ ।उनका अनुसार देश र मधेस बिकासको लागि छात्राहरुलाई उच्च शिक्षाको आवस्यकता छ । छात्रा र महिलामा शिक्षाको बिकास बिना हाम्रो देश र मधेसको बिकासका गर्न कल्पना गर्न सक्दैन ।महागढीमाई नगरपालिका अन्तरगत बिधालयमा पढेका SEE मा उत्कृष्ट भएका  बिद्यार्थीहरुको लागि पुरस्कारको ब्यवस्था गरेकोछ । उच्च शिक्षाको लागि नगरपालिकाले आफ्नो लगानीमा पढाउने योजना रहेको नगरप्रमुख उपेन्द्र यादवले जानकारी गर्नु भएकोछ । 
साइकल बितरण कार्यक्रममा महागढीमाई नगरपालिका वडा नं १ अध्यक्ष  , वडा नं का बिश्वनाथ कुशवाहा , श्री गढीमाई बहुमुखी क्याम्पका अध्यक्ष बिजय स्वर्णकार , श्री गढीमाई बहुमुखी क्याम्पका प्रमुख ध्रबेन्द्र यादव  शिक्षा शाखा प्रमुख रामबिश्वास चौरासीया , श्री गढीमाई महेन्द्र प्राबिधिक नमुना माध्यमिक बिधालयका प्रधानाध्यापक मनोज साह, समाजसेबी जितेन्द्र गुप्ता प्रेम साह कानु ,मलिकार महतो , महिला पत्रकार शान्ता पाण्डे लगाएत समाजसेवीको उपस्थित रहेको थियो ।