बारा- जेष्ठ - २१ - महागढीमाई नगरपालिकामा अवस्थित रहेका एक पशुपालन फर्ममा तार सर्किट भएर आगलगी भएका छन ।
महागढीमाई नगरपालिका वडा नं १ बरिपारपुर अवस्थित रहेका अंकुश पशुपालन फर्ममा करिब एक बजे तार सर्किट भएर आगलगी भएको हो ।आगलागीमा तीस क्यून्टल ,धानको भुसा ,छ क्यून्टल चोकर , चालीस क्यून्टल मकै जलेर नस्ट भएको फर्मका संचालक प्रेम प्रसाद साहले बताएका छन ।फर्ममा करिब गाई भैसी मिलायर करिब ३२ वटा पशु रहेको थियो तर स्थानीयको सहयोगमा पशुलाई कुनै किसिमको छती भएको छैन ।
बेरोजगार भएका अंकुश फर्मका संचालकले आफ्नो खेतबारी बिक्री गरेर र विभिन्न बैंकबाट कर्जा लिएर फर्म खोलेका थिए । तर फर्ममा आगो लागेपछि ठूलो रकमको छति हुँदा अब फेरि फर्म संचालन गर्नेको लागि रकमको ब्यवस्थापन कहाँबाट गर्ने संचालकले चिन्तामा परेका छन ।फर्ममा पशुको लागि राखिएको अहार जलेर नष्ट भएपछि पशु दिन भरी भोखै बसेका छन ।बिधुत प्राबिधिकले तार पोललाई ब्यवस्थित तरिकाले ब्यवस्थापन गर्न नस्केका कारणले आगो लागेका संचालक साहले गुणासो गरेका छन ।
विभिन्न तहका सरकारले फर्मलाई फेरि आर्थिक सहयोग गरेर ब्यवस्थापन गराउनमा ध्यान दिन जरुरी रहेकोछ ।



0 Comments