बारा-जेष्ठ - २१ -  बाराको महागढीमाई नगरपालिकाले किसानको लागि धान सम्बन्धि तीन दिने तालिम संचालन गरेका छन । 
महागढीमाई नगरपालिकाको आर्थिक सहयोगमा मिनक बाबा कृषि सहकारी संस्थाले महागढीमाई वडा नं ११ मधुरीमा किसानलाई धान खेती सम्बन्धि तालिम दिएको हो ।महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र यादवको आदेस अनुसार वडा नं ५ का वडा अध्यक्ष गाजेन्द्र कुमार जयसवाले सो तालिमको उद्घाटन गरेका छन ।महागढीमाई नगरपालिका नगरप्रमुख उपेन्द्र यादवले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको कारणले कृषि क्षेत्रमा कसरी उत्पादन बढाउन सकिन्छ ।र उत्पादन बढाउनका लागि कृषी क्षेत्रका क्रमचारीसंग समन्वय गरेर किसानलाई तीन दिने तालिम दिएको छ ।किसानलाई धान सम्बन्धि तालीममा धानको बीउ कुन समयमा छिर्ने , बिउलाई कसरी तयारी गर्ने ,कति दिनमा बीउ तयारी भएपछि कतिको फ्राकिलोमा रोपाइ गर्ने , कुन समयमा कति मात्रमा पानी र किटनासक औषधी खादमल कसरी खेतमा प्रयोग गर्ने ,धान  रोपाईलाई विभिन्न रोग लाग्नबाट कसरी बचाउने , सम्बन्धि किसानलाई तालीममा ज्ञान् दिएको जयसवालले बताए । 
कृषि ज्ञान केन्द्रका विशेषज्ञ दक्ष तथा जनकार क्रमचारी जयनरायण यादवले प्रशिक्षकको रुपमा किसानलाई बली सम्बन्धि विभिन्न क्षेत्रलाई समेटेर तालीम दिएको थियो । 

महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले शिक्षा,स्वास्थ ,भौतिक पूर्बधार , कृषि र पर्यटकीय स्थललाई ध्यन दिएर बिकासको काम अगाडि बढाएको छ ।