बारा-जेष्ठ - २० - बाराको महागढीमाई नगरपालिका वडा नं ५ वडा अध्यक्ष गाजेन्द्र कुमार जयसवाल द्वारा किसान सहजीकरणका लागि सहजकर्तालाई एक दिने अभिमुखीकरण तालीमको उद्घाटन गरिएकोछ ।
महागढीमाई नगरपालिका वडा नं २ कार्यालयको सभा हलमा महागढीमाई नगरपालिकाको कृषि शाखाले आयोजना गरिएको अभिमुखीकरण तालीममा प्रमुख अथितीको रुपमा उपस्तिथि भएर सो कार्यक्रमको जयसवालले उद्घाटन गरेको हो ।महागढीमाई नगरपालिका नगरप्रमुख उपेन्द्र यादवले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको कारणले कृषि क्षेत्रमा कसरी उत्पादन बढाउन सकिन्छ ।भने कृषी क्षेत्रका क्रमचारीसंग समन्वय गरेर सहजकर्तालाई तालिम दिन आवस्यता परेको थियो भने वडा अध्यक्ष जयसवालले बताउनु भएको हो ।नेपाल सरकार र नगरपालिकाबाट कृषि सामग्री प्राप्त गर्नको लागि किसानलाई कृषि सुचिकरण मा पर्नु आवस्यता रहेको छ।नगरपालिका र नेपाल सरकारको सूचीकरणमा नाम नभएको किसानलाई कुनै किसिमको अनुदान वा सामग्री पाउदैन । त्यस कारण हरेक वडामा सुचिकरणका लागि क्रमचारी र सहजकर्ता जान्छ ।भने ध्यान दिएर आफ्नो नाम सुचिकरण गराउन आग्रह गरेका छन ।
महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले शिक्षा,स्वास्थ ,भौतिक पूर्बधार , कृषि र पर्यटकीय स्थललाई ध्यन दिएर बिकासको काम अगाडि बढाएको छ ।

0 Comments