बारा- असाढ -१०- बारागढी गाउपालिकाको तेस्रो गाउँ  सभा कार्यक्रम सम्पन्न भएको छ ।गाउपालिका अध्यक्ष अशोक कुमार जयसवालको अध्यक्षतामा उपाध्यक्ष लक्ष्मी देबी रायले वडा नं ३ का वाड अध्यक्ष उमेश प्रसाद  साहले नीति तथा बजेट प्रस्तुत गरेका छन । गाउँ सभामा आव २०८०/०८१ का लागि ३८ करोड ३८ लाख ८५ हजारको २ सय बजेट प्रस्तुत गरेको हो 
बारागढी गाउपालिकाको अध्यक्ष अशोक कुमार जयसवालले गाउँ सभा कार्यक्रमलाई सम्बोधन गर्दै  बिकासको लागि आवस्यक हरेक किसिमको गौरबको योजनालाई प्राथमिकतामा राखेको बताएका छन । बारागढी गाउँपालिकाको स्तर उन्नतिको लागि आव आर्थिक बर्षमा बाटोघाटो सडक ढलान नाला निर्माणको कामलाई प्राथमिकतामा राखेको बताए ।गाउँपालिका अन्तरगत रहेका बिधालयहरुको भवन जीर्ण अवस्थामा परेका भवनलाई नयाँ भवन र कम्पाउन्ड निर्माण गरिनेछ । शिक्षा क्षेत्रमा बिधालयमा शिक्षक र क्रमचारीको अभावमा  पठन पाठन प्रभावित बनेका बिधालयमा नयाँ शिक्षक र क्रमचारीको भर्ना गरेर गाउँपालिकाको पठन पाठनलाई प्रभावकारी बनाउने योजना रहेको बताए ।  स्वास्थ क्षेत्रमा गाउँकालिकामा १५ सयौंको बर्थिङ्ग सेन्टर गाउँपालिका कार्यालय अगाडि २ तले भवन निर्माण गरेर बथिङ्ग सेन्टर संचालन आएकोछ  ।बर्थिङ्ग सेन्टरमा चौबिसै घन्टा इमर्जेन्सी सेवा उपलब्ध रहेकोछ । स्थानीयहरु विभिन्न रोग चेक जांचका लागि प्रतेक दिन पचास  देखि दुई सय सम्म बिरामी चेक  जांचको लागि आउने गर्छन ।बर्थिङ्ग सेन्टरमा चेक जांच  गरिएका बिरामीहरुलाई निशुल्क रुपमा औषधि उपलब्ध  र गर्भवती महिलाको लागि पोष्टिक अहार गाउँपालिकाले बितरण गर्दै आएकोछ ।आव आर्थिक बर्षमा पनि प्राथमिकतामा राखेकोछ । कृषि क्षेत्रमा हरेक बर्ष जस्तै किसानहरुलाई बिधुत मिटर , खादमल , र सिचाइको ब्यवस्था गर्ने योजना रहेको छ । 
 
रोजगारीको लागि विभिन्न किसिमको तालिम हाउस वारिङ्ग , महिलाहरुको लागि सिलाई कटाई , डल बनाउने तालिम , सर्फ र साबुन बनाउने तालिम संचालन गरेर बेरोजगार महिला र बेरोजगार यूवालाई रोजगार बनाउने गाउँपालिकाको निति रहेका छन । 

गाउँ सभा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमलेश मिश्रा ,लेखा शाखा अधिकृत , अजय चौधरी ,  खानेपानी शाखा उपेन्द्र साह , महेश ठाकुर लगाएत अन्य क्रमचारी , गाउँकार्यपालिका सदस्यहरु वडा अध्यक्ष र वडा सदस्यहरु क्रमचारी , प्रहरी प्रशासन र क्रमचारी लगाए संचारकर्मीको उपस्थित रहेको थियो ।कार्यक्रमको संचालन जनमति चौधरीले गरेको थियो ।