बारा - जेष्ठ -१९ महागढीमाई नगरपालिकाको वडा अध्यक्ष गाजेन्द्र कुमार जयसवाल द्वारा पाठय घर सम्बन्धि संचेतना मुलक कार्यक्रमको उदघाटन गरिएकोछ ।
महागढीमाई नगरपालिकाको आर्थिक सहयोगमा वडा नं ५ वडा कार्यालय नजिक रहेका समुदाय भवनमा कल्याणी रौतहट संस्था द्वारा आयोजना गरिएको पाठय घर सम्बन्धि संचेतना मुलक कार्यक्रमको उद्घाटन गरेको हो ।कार्यक्रम को उद्घाटन गर्दै जयसवालले भने ग्रामीण समुदायमा अधिकांस महिलामा अशिक्षित भएको कारणले पाठय घर सम्बन्धि विभिन्न समस्या झेलिरहेको अवस्था रहेका छन ।खास गरि दलित र पिछडा बर्गका महिलामा पाठ घर सम्बन्धि समस्या पिडित छन । अशिक्षित भएका कारणले महिनवारी (राजेश्व )आउने समयमा काममा ब्यस्त भएर एक दिनको लगाएको कपडा पाँच दिन सम्म राखी रहन्छ । प्रतेक दिन महिनवारीको रुपमा आएको रगतलाई सफा नगर्नु ,त्यस्तै महिनवारीको समयमा सेनेटरी पैडको सट्टा फोहर मैला कपडा राख्नु कारणले इन्फेक्सन भएर महिलाको पाठय घर सम्म केन्सर लगाएर अन्य रोग लाग्ने गरिन्छ । त्यो रोगलाई चेक जाँच गराउदै कति महिलाको मृत्यु हुन्छ । र घरको आर्थिक अवस्था कम्जोर हुँदै जान्छ। यी सबैबाट बच्नको लागि पाठय घर सम्बन्धि संचेतना मुलक तालिम दिएको जयसवालले बताए ।
कार्यक्रममा संस्था अध्यक्ष सहित विभिन्न पद अधिकारी र वडा कार्यालयका क्रमचारी , स्थानीय जनप्रतिनिधि लगाएत अन्य ब्यक्तिको उपस्तिथि रहेको थियो।


0 Comments