बारा - बैशाख -२९ - अबैध औषधि पसलमा तस्करीका औषधिहरु र विभिन्न online माध्यमबाट औषधि खुल्याम बिक्री बितरण भइरहेको कारणले दर्तामा रहेका अधिकांश औषधि पसल र औषधि उधोग बन्द हुने अवस्थामा आएको मधेस प्रदेश औषधि ब्यवासायीक संघका महा सचीव पप्पु साहले एक कार्यक्रममा बताएका छन । 
औषधि ब्यवस्था बिभाग बिरगंज कार्यालयले गरेको खुल्ला सिमाबाट बिना दर्ता तथा अबैध औषधि नियन्त्रण अन्तरक्रिया कार्यक्रममा २०३५ ऎन अनुसार औषधि पसल दर्ता गरेर औषधि पसल संचालन गर्नु पर्ने प्रवधान रहेका छन ।तर शहरी क्षेत्र देखि गाउँ क्षेत्र सम्म बिना दर्ताको औषधि पसलमा र विभिन्न online माध्यमबाट अबैध औषधिहरुको बिक्रि बितरणले गर्दा दर्तामा रहेका उधोग र औषधि ब्यवसायी बन्द हुने अवस्थामा आएको मधेस प्रदेश औषधि ब्यवासायी संघका महा सचीव पप्पु झाले बताउनु भएकोछ । भारत सरकारले औषधि ब्यवासायी र औषधि उधोगलाई आफ्नो देशको मेरुदण्डको रुपमा लिएर आफ्नो देशमा उत्पादन गरिएका औषधिलाई अन्य देशमा बिक्रि बितरण गर्न बाताबरण सहज बनाएको हुन्छ ।तर नेपाल र भारतको खुल्ला सिमा नाका रहेको हुनाले बिना दर्ताको औषधि पसलेसंग औषधि बिक्री बितरण गरेको कारणले नेपाल सरकारको राज्श्वमा प्रतेक्ष रुपमा प्रभाव पारी रहेका हुन्छ । एक बर्षामा करिब अर्बौं रुपैयाको राज्श्व गुमेपनि नेपालमा अबैध औषधिको बिक्रि बितरण रिकिएका छैन ।नेपालमा उत्पादन गरिएका औषधिलाई नेपालमा बिक्री बितरणमा सरकारले विभिन्न बहानामा दु:ख दिने गरेका छ।भने नेपालमा उत्पादन गरेका औषधि भन्दा नेपाली डाक्टरले भारती औषधिलाई बढी प्राथमिकतामा राखेर बिरामीको पुर्जामा भारती औषधि लेख्ने गरिन्छ ।यस्ता विभिन्न समस्याले नेपालको औषधि ब्यवासायी र औषधि उधोगी मर्कामा परेको झाले बताए । नेपालमा उत्पादन गर्न नसकेका औषधिहरुमा सरकारले भारतिय औषधिमा बिक्री बितरणमा प्रतिबन्ध लगाएका साइकोडोक , फेन्सी डिल, क्रोएक्स ,फेनरगन टबलेट फेनरगन इन्जेक्सन ,जस्ता औषधिलाई स्माइकरले प्रयोग गरेर औषधि क्षेत्रलाई बदनाम गरेको कारणले बिक्रि बितरण गर्नमा सरकारले प्रतिबन्ध गरेका छन ।बालबालिकाको उपचारमा फेनरगन सिरफ नभएपछि वा विभिन्न रोगमा फेनरगन औसधि प्रयोग नगरेपछि बिरामाको ज्यान खतरामा हुन्छ ।त्यसैले नेपालमा उपलब्ध नभएका औषधिमा प्रतिबन्ध नलगाउनु सरकार वालासंग झाले आग्रह गरेका छन ।
भारती औषधिमा भारत सरकारले छव छव महिनामा चालीस प्रतिशत देखि पचास प्रतिशत सम्म औषधिको मुल्यमा वृद्धि गरेर नेपालमा खुल्याम बिक्रि बितरण गरेर नेपाली जनतालाई ठगी रहेका छन ।नेपाल सरकारले ध्यान नदिका कारणले भारती सरकारले नेपाली जनतालाई खोखला बनाइरहेको औषधि ब्यवसायीले आरोप लगाएका छन ।