बारा -बैशाख - २२ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महागढीमाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै जनप्रतिनिधि स्थानीय सर्बसाधरण र शिक्षकहरुले हुलाकी राजमार्गमा टायर बलेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्रीको बिरोध गरेका छन ।
संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले कुनै पालिकाबाट कुनै क्रमचारी वा प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गर्दा अर्को प्रमुख प्रशासकी अधिकृतलाई सो पालिकामा एक हप्ता भित्र पठाउने पर्ने प्रवधाण रहेकोछ ।तर संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महागढीमाई नगरपालिकाबाट तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तुफफालाई सरुवा गरेको चार महिना भएपनि संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतलाई नपठाएको भन्दै महागढीमाई नगरपालिकाका वडा २ का अध्यक्ष बिश्वनाथ कुशवाहाको नैतुत्वमा बिरोध प्रदर्शन गरेको थियो ।हुलाकी राजमार्ग सडकमा टायर बलेर सडकलाई अबरुद्ध गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत नपाएमा घन्टो घन्टा सडकलाई अबरुद्ध गर्ने समेत चेतावनी दिएको थियो । प्रमुख प्रशासकीयको अभावमा बिकास निर्माणको काम प्रभावित बनेको र जनताली असाध्य पीडा भोगी रहेका वडा अध्यक्ष बिश्वनाथ कुशवाहाले बताए।
स्थानीय शिक्षक दिनेश यादव , स्थानीय , सर्बसधारण लगाएतको उपस्तिथि रहेको थियो ।

0 Comments