बारा- चैत २४ - बारामा अशिक्षित महिलाको कारणले शिशु मृत्यु दरको संख्यामा वृद्धि भएको जनजागरण यूवा क्लबको अध्यक्ष भैयाराम यादवले एक कार्यक्रम बिच बताएकोछ । 
जनजागरण यूवा क्लबले ओवन हर्ट वल्र्ड वाइडको आर्थिक सहयोगमा बाराको १६ स्थानीय तहमा मातृ तथा नव जात शिशुको स्वास्थ्य सेवा सुदृढीकरण जिल्ला स्तरीय कार्यक्रमको बैठकमा बताइएको हो। शिक्षा र स्वास्थ्यमा पिछडिएका जिल्लाको रुपमा रहेको बारामा अधिकांस गरिब बिपन्न दलित र अशिक्षित घर परिवारको कारणले बारामा शिशुको मृत्यु दर र गर्भवती महिलाको मृत्यु दरको संख्यामा वृद्धि भएकोछ ।अशिक्षित महिलाले गर्भवती हुँदा अस्पतालमा चेक जाँच गराउनुको सट्टा घरायसी र धामी झाक्रीसंग उपचार गराउने गर्छन  जस कारण गर्भमा रहेका पोष्टिक अहारको कमिले आमाको गर्भमा रहेका शिशुले अपाङ्ग , अस्वस्थ भएर जन्मिने गर्छन । र केही दिन पछि मृत्यु हुने गर्छन आमा र शिशुको स्वास्थमा सुदृढीकरण गरेर मृत्यु दरको संख्यामा कमि ल्याउन उदेश्यले मातृ तथा नव जात शिशुको स्वास्थ्य सेवा सुदृढीकरणको कार्यक्रम संचालन गरेको अध्यक्ष यादवले बताए । 

जनजागरण युवा क्लबका शियाराम यादवले स्थानीय सरकारको साझेदारीमा मातृ तथा नव जात शिशु स्वास्थ्य सेवा सुदृढीकरण कार्यक्रम बाराको सबै पालिकाको वडा वडा टोल टोलमा संचालन गर्ने बताए । बारामा जन जागरण यूवा क्लबले विभिन्न कार्यक्रम गरि समाजमा  निष्पक्ष रुपमा सामाज सेवा गर्दै आएका छन ।पछिलो समयमा लैंगिक हिसा ,मुस्लिम सामुदायिक राहत बितरण गरिब बिपन्न परिवारमा भाडा बर्तन बितरण जस्ता काम गर्दै आएको यावले बताएका छन । 

बारा जिल्ला समन्वय समिति कार्यालयमा जिल्ला समन्वय समितिका सभापति नारेन्द्र साहको अध्यक्षता भएको कार्यक्रममा जिल्ला समन्वय समितिका जिल्ला अधिकारी अमोद चौधरी जनजागरण युवा क्लबको निर्देशक श्री नेवास बैठा  कलैया स्वास्थ शाखाका क्रमचारी ,स्थानीय ,पत्रकार लगाएत अन्य समाजसेबी उपस्थिति रहेको थियो ।