बारा- फागुन - २२- सत्य माथि असत्यले कहिले पनि बिजय प्राप्त् गर्न सक्दैन भन्दै गढीमाई यूथ सोसाइटी द्वारा आयोजना गरिएको होली मिलन कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नगरप्रमुख उपेन्द्र यादवले बताएका छन ।
महागढीमाई नगरपालिका वडा नं २ अवस्थित संचालित रहेका गढीमाई यूथ सोसाइटीले पछिल्लो समयमा गरेको कामलाई नगरप्रमुख उपेन्द्र यादवले प्रशंसा गर्दै हरेक बर्ष नगरबासीलाई सेवा गर्न मौका दिने यादवले मन्चमा प्रतिबद्धता गरेका छन ।आँखा शिबिर ,ज्येष्ठ नागरिक स्वास्थ बिमा ,रक्त दान र श्री गढीमाई बहुमुखी क्याम्पसको जग्गा खरिदका लागि क्याम्पसले आयोजना गरिएको श्री मद भागवत कथा श्री गढीमाई धार्मिक महोत्सवमा गढीमाई यूथ सोसाइटीको पनि योगदान रहेको नगरप्रमुखले बताए ।महागढीमाई नगरपालिका अन्तरगत एक सय पचास भन्दा बढी संस्था र क्लब रहेकोछ। कुनै संस्था झोलामा छन भने कुनै क्लब बोरामा छ ।तर समाजमा काम गरेको संस्था र क्लबलाई मुल्यांकन गरेर नगरपालिकाले प्राथमिकता दिनेछ ।नगरप्रमुख यादवको अनुसार गढीमाई यूथ सोसाइटी नगरपालिकाको प्राथमिकतामा परेको संस्था हो । समाजमा गरेको सराहनीय काम कै कारण गढीमाई यूथ सोसाइटीको लोकप्रियता दिन प्रतिदिन बढ्दै गइरहेकोछ ।यस संस्थामा लागेका यूवा यूवतीको पनि समाजमा लोकप्रियता बढदै जान्छ । पार्टीको निर्देशन नेताको निर्देशन र बिचौलीयाको निर्देशनमा चल्ने संस्था कहिले पनि अगाडी बढन सक्दैन । संस्थाले निष्पक्ष रुपमा समाज सेवा गर्नुपर्ने कुरामा नगरप्रमुख यादवले जोड दिनु भएकोछ ।
महागढीमाई नगरपालिका वडा नं २ बरियारपुर बजार स्थित रहेको होली मिलन कार्यक्रमको शोभा बढाउनका लागि नेपाली कांग्रेसका बाराका जिल्ला कार्यसमितिका सदस्य एवम क्षेत्र नं २ ( क )का प्रदेश सभा सदस्यका स्वतन्त्र प्रत्याक्षी सदस्य उमेदवार बिरेन्द्र यादव , जनमत पार्टीबाट क्षेत्र नं २ ( क )का प्रदेश सभा सदस्यका प्रत्याक्षी सदस्य उमेदवार रामाशंकर कुशवाहा , समाजसेबी जितेन्द्र गुप्ता , शिक्षक प्रदोष सिंह , राजकुमार कुशवहा , पुन्देव चौधरी , नेजाबुल अंसारी , बिजय चौरासी , तुफानी बाबा , ज्ञान्नेश्वर तिवारी ,गढीमाई यूथ सोसाइटीका पदाधिकारी, अन्य समाजसेबी सर्बसधारण लगाएतको उपस्तिथि रहेको थियो । कार्यक्रम अध्यक्षता गढीमाई यूथ सोसाइटीका अध्यक्ष सोनु गुप्ता , र कार्यक्रमको संचालन ज्ञान प्रकाश रौनियारले गरेको थियो ।


0 Comments