बारा-चैत १५ - बारा क्षेत्र नं २ बाट जनता समाजबादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादवको एकल नाम सिफारिस भएको मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवले बताएका छन ।
महागढीमाई नगरपालिका अन्तरगत मझरीया महादेवको प्राङ्गणमा आज बसेको जसपा क्षेत्रीय समितिको बैठकबाट बैशाख १० मा हुने उपनिर्वाचनको लागि बारा क्षेत्र नं २ बाट अध्यक्ष उपेन्द्र यादवलाई उमेदवार बनाउने  एकल नाम सिफारिस गरेको हो जसपाका क्षेत्री समितिले आम सभा गरेर यूक्त सभाबाट सर्बसहमतिबाट यादवको नाम सिफारिस गरेकोछ । उपेन्द्र यादवको नाम सिफारिसबाट क्षेत्र नं २ का अधिकांश जनता पनि हर्सित भएका छन । 
त्यस्तै बैशाख १० मा हुने उपनिर्वाचनमा चुनाव लडन पूर्ब संबिधान सभा सदस्य शिवचन्द्र कुशवाहाले नेकपा माओवादी छोडेर जनमत पार्टीमा टिकामाला लगाएर प्रवेश गरेका छन । जनमत पार्टीबाट चुनाव लडन उहाँको टिकट पक्का भइसकेको जनमत पार्टीका अध्यक्ष सिके राउतले बताए । 

बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र खाली भएकाले उपनिर्वाचन हुने भएको छ । उपनिर्वाचन वैशाख १० गते तोकिए पछि क्षेत्र नं २ का उमेदवारले तामझामका साथ चुनाव प्रचारमा लागेका छन ।