बारा - चैत - १४ -जब सम्म जुन पालिकामा स्वच्छ खानेपानी हुदैन भने त्यस पालिकामा जनता सधै अस्वस्थ रहन्छ । स्वास्थमा स्वच्छ खानेपानीको महत्त्वपूर्ण भुमिका रहेको  बारागढी गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालले सुरक्षीत यूक्त सामुदायि हस्तान्तरण तथा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै बताएकाछन । 
बारागढी गाउँपालिकामा वडा नं ५ सिंगासनी बैरी स्थित रहेको बिधालायमा अशोक कुमार जयसवालले स्वास्थ सुधारमा स्वच्छ खानेपानीको महत्त्वपूर्ण भुमिका रहेको बताए । बारागढी गाउँपालिकाको वडा नं ५ को मुसर बस्ती र चरवन्त पथरामा वडा नं २ को मलाही दक्षिण टोल र मलाही पश्चिम टोल गरि ४ वटा टोलमा यूनिसेफको र पालिकाको आर्थिक सहयोगमा ४० वटा कल जडान गरेर इकोली ,आरसेनी , पियच परिक्षण गरेर यी टोलका जनतालाई स्वच्छ पानी पिउन लगाएको अध्यक्षले बताए । 

बारागढी गाउँपालिका वडा नं ५ का दलित बस्तीमा  स्वास्थ खानेपानीको अभावमा दलितहरु बर्षौ देखि झेल्दै आएको समस्या अन्त भएको बारागढी गाउँपालिकाको उपाध्यक्ष लक्ष्मी देबी रायले बताएकीछिन ।

बारागढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमलेश मिश्राले  कल जडान गरिरहेको समयमा पटक पटक अनुगम गरि यूक्त कलको पानीलाई परिक्षण गर्दा परिक्षणमा कुनै किसिमको स्वास्थमा प्रभाव पर्ने असर नदेखे पछि यूक्त कलको पानीलाई जनप्रतिनिधिहरुले कार्यक्रममा खाएर उद्घाटन गरेको बताए ।अब बारागढी गाउँपालिका सबै वडाहरुमा रहेका कलको पानीलाई परिक्षण गर्ने प्रमुख प्रशासकीय अधिकृतले जानकारी गराए । 

कार्यक्रम बारागढी गाउँपालिका  महेश ठाकुर , अजय चौधरी ,उपेन्द्र साह , सर्बसधारण , प्रहरी प्रशासन लगाएतको उपस्तिथि रहेको थियो ।