बारा -चैत - ५ - मुस्लिम समुदायको महापर्व रमादानलाई लक्षित गरेर ईस्लामिक रिलिफ नेपालको आर्थिक सहयोगमा  जन जागरण यूवा क्लबले मुस्लिम समुदायमा खाद्यान्नय सामग्री बितरण गरेका छन । 
महागढिमाई नगरपालिका वडा नम्बर ८ बेतौना टोलका  दुई सय सैतालिस मुस्लिम परिवारलाई रमादान पर्वमा राहतका लागि खाद्यान्न सामग्री बितरण गरेको हो । मुस्लिमहरुको रमादान रोजा आउदो शुक्रवार देखि शुरु हुनेछन । एक महिनाको रमादान रोजामा बिहानै ४ बजे भन्दा पहिले सेहरी( बिहानको खाना) खाईसक्नु पर्ने त्यस पश्चात् दिनभर खाना पानी केही नखाई साझ ७ बजे ईफ्तार(बेलुकिको खाना) खाने चलन रहेको हुनाले ज्यालादारी गरेर खाने मुस्लिम परिवारले रोजाको समयमा भोखै घरबाट बाहिर काम गर्न जान नपरोस र   बिधि पूर्ब रोजा मनाउ सक्ने उदेश्यले राहत बितरण गरिएको जनजागरण यूवा क्लबका अध्यक्ष भैयाराम यादवले बताए । राहत सामग्रीमा प्रती परिवारलाई कतरनी चामल ४० किलो,मसुरो दाल ५ किलो,चिनी ४ किलो,अमृत सुर्यमुखी तेल ४ लिटर,आयो नुन ३ किलो खाद्यान्न बितरण गरिएकोछ ।महागढिमाई नगरपालिका को वडा नम्बर १ ,२ र ८ त्यस्तै सुवर्ण गाउपालिकाको वडा नम्बर १,५,६ र ८ गरि जम्मा १२३५ बिपन्न परिवारलाई राहत बितरण गर्नेछन ।  अध्यक्ष यादवले बताए । 

मुस्लिम समुदायमा आर्थिक अवस्था कम्जोरका कारण रमादानको समयमा दिन भर भोखै बसेर चर्को घाममा अरुको खेतबारीमा काम गर्नु पर्ने बाध्य हुन्छ । नेपाल सरकारले रमदानको समयमा मुस्लिम समुदायमा राहत बितरणमा चासो नदिएका कारणले कति मुस्लमानले रोजा तोडनु पर्ने बाध्य हुन्छ ।तर जन जागरण यूवा क्लबले बितरण गरेको राहतबाट अलि राहत भएको स्थानीयले बताए । 

राहत बितरण कार्यक्रममा महागढिमाई नगरपालिका उपप्रमुख तारा देबी कानु , वडा नम्बर ८ का वडा अध्यक्ष ओहाब अन्सारीको जनजागरण युवा क्लबका उपाध्यक्ष राजदेव साह, कोषाध्यक्ष सियाराम यादव , कार्यकारी निर्देशक श्रीनिवास बैठा , लगाएत स्थानीयहरुको उपस्थित रहेको थियो ।