बारा -फागुन - २९ -  जनयुद्धको विरोध गर्नु भनेको जन्म दिने आमाको रगत खाएर बराबर रहेको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बताएका छन । 
नेपालीकाको राजनीति ईतिहासमा जनयुद्ध महान युद्धको रुपमा ईतिहास बनाएका हो । नेपालमा केही पार्टीले राजाको गुलाम बनेर नेपाली जनतालाई गुलाम बनाएको थियो ।नेकपा माओवादीका वीर योद्धाले जनयुद्ध गरेर नेपालमा लोकतन्त्र गणतन्त्रको जन्म दिएकोछ।जनयुद्धका कारण आज हरेक नेपालीको अनुहारमा मुस्कान छाएकोछ ।जनयुद्धमा वीर योद्धाले आफ्नो प्राणको आहुती दिएर तराई  हिमाल र पहाडका जनताको आवाजलाई बुलन्दी गरेर नेपाली जनताको  हक अधिकार दिलाएकोछ ।अहिले आएर सर्बोच्च  अदालतले शान्ति सम्झौतालाई ध्यान नदिएर जनयुद्धका युद्धालाई फसाउने कार्य गर्नुको अर्थ आमाको रगत पिउनु जस्तो रहेको आम जनता पार्टी अध्यक्ष प्रभु साहले पत्रकार सम्मेलनमा बताए । 

राज्य एक अविच्छिन्न उतराधिकारीवाला संस्था भएको नाताले विस्तृत शान्ति सम्झौताको बाँकी कार्यभार पूरा गर्नुपर्ने दायित्वबाट न्यायालय समेत विमुख रहेको राज्यलाई शोभनीय रहेकोछैन । नेपाली जनताको न्याय ,  सुशासन ,समृद्धि र लोकतन्त्रलाई संरक्षण गर्नको लागि जनयुद्धका युद्धाले अहिले पनि पछाडि नहटने साहले जानकारी दिएका छन ।