बारा -फागुन २६ - मधेस प्रदेशको मसिहा लोक प्रिय यूवा नेता प्रभु साहले बिना मुअब्जाको सडकलाई कालोपत्र बनाउन सफल हुनु भएका छन ।
मधेस प्रदेशको रौतहट अन्तरगत नयाँ सड़क पथरा अजगैवी-मटिअर्वा सडक खण्डलाई करिब आठ किलो मिटर कालो पत्र गर्न साहले सफल भएको हो ।करिब दुई बर्ष अगाडि बिना मुअब्जाको स्थानीयहरुको सहयोगमा मधेसको मसिहा लोकप्रिय यूवा नेता प्रभु साहले अजगैवी मटिअर्वा सडकलाई चिरेको थियो । यूक्त सडकलाई कालोपत्र बनाउनका लागि साहले अहोरात दिन खटेर विभिन्न चुनौतीलाई चिरेर, जनताको मानसिकतालाई जितेर यूक्त सडक खण्डलाई कालोपत्र बनाएकोछ ।अब यो सड़क निर्माणले सखुअवा-करुनिया पथरा- बिरगंज जान सर्बसधारणको सहज भएकोछ ।
बिगतको समयमा पथरा अजगैवी-मटिअर्वा सडकको अभावमा सर्बसधारणलाई पथरा अजगैवी-मटिअर्वा सखुअवा-करुनिया बिरगंज ,कलैया सम्म जानको लागि सास्ती खेप्नु परेको थियो । पथरा अजगैवी-मटिअर्वा सडक निर्माणबाट सर्बसधारणलाई सहज भएकोछ ।यूक्त सडकको पेटीमा गरिब बिपन्न परिवारका बेरोजगार यूवायूतीले विभिन्न ब्यवासाय गरेर आफ्नो जीवनको गुजारा गर्न सक्ने लोकप्रिय यूवा नेता प्रभु साहले बताए। जग्गा दिने महान जग्गाधनी तथा यस चुनौतीपूर्णकार्यको सफल नेतृत्व गर्ने त्रिभुवन साह लगायतका साथीहरुलाई आम जनता पार्टीका अध्यक्ष साहले बिशेष धन्यवाद दिएका छन ।


0 Comments