बारा -फागुन - १०-  मौलापुर बिधुत प्राबिधिक केन्द्र शाखाका प्रमुख अरुण कुमार साहले महायज्ञ मधानी महोत्सव कार्यक्रममा गाली गलैज र अपराधी गतिविधि गरेको भन्दै मौलापुर नगरपालिकाले आरोप लगाउदै करवाहीको माग गरेका छन ।
मौलापुर नगरपालिका वडा नं ५ अवस्थित रहेको पतौरा प्राचीन महादेवको फागुन ५ गते महाशिवरात्रको दिन मधानी महोत्स कार्यक्रमको उद्घाटनका लागि प्रमुख अथितिको रुपमा उपराष्टपति नरबहादुर पुन आउने सुनिश्चित भएको कुरा सुनेर मौलापुर बिधुत प्राबिधिक केन्द्र शाखाका प्रमुख अरुण कुमार साहले राजनीति परिचालनमा परेर महायज्ञ मधानी महोत्सव उद्घाटन कार्यक्रमलाई अबरुद्ध गर्ने मनसायले बिधुत काटेको थियो ।महायज्ञ मधानी कार्यक्रममा उपराष्ट्रपति नरबहादुर पुनलाई स्वागत सम्मान गर्नुको सट्टा अरुण कुमार साहले उपराष्ट्रपति पुनलाई ख्याल नगरी उपराष्ट्रपतिको गरिमा घटाउने नियतले बिधुत काटेर कार्यक्रमलाई प्रभावित बनाएको थियो  बिधुतको बिषय लिएर स्थानीयहरुले प्रमुख अरुण साहसंग  सोधपुछ गर्दा कार्यक्रम स्थलमा  साह र उनका केही सहयोग साथीले स्थानीयलाई गाली गलैज अपराधी क्रियाकलाप गरेको भन्दै मौलापुर नगरपालिकाले रौतहट जिल्ला प्रहरी कार्यालयसंग करवाहीको लागि माग गरेका छन । 

मौलापुर नगरपालिका द्वारा आयोजना गरिएको महायज्ञ कार्यक्रममा आम जनता सर्बसधारण भक्तजन माथी गाली गलैज भएको हुनाले मौलापुर नगरपालिकाको ध्यानाकर्षण भएको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले जानकारी दिएका छन ।