बारा-फागुन ७ - महाशिवरात्रको उपलक्ष्यमा मौलापुर नगरपालिका द्वारा आयोजना गरिएको मधानी महोत्सव आज सम्पन्न भएकोछ । 
मौलापुर नगरपालिका अवस्थित रहेको पतौरा प्राचीन महादेव मन्दिर अवस्थित लागेको  मधानी महोत्सवमा मौलापुर नगरपालिकाका नगरप्रमुख रिना साहले मधानी महोत्सवलाई मनोरञ्जनात्मक बनाउनको लागि मधेशको प्राचीन खेल कुस्तीलाई सांस्कृतिक, सामाजिक पक्षबाट संरक्षण गर्ने सबैको दायित्व रहेको नगरप्रमुख रिना साहले कुस्ती खेलको उद्घाटन गर्दै बताएकी छिन ।आपसी सद्भाव, शारीरिक विकास र मनोरञ्जनका दृष्टिकोणले खेल महत्वपूर्ण भए पनि औपचारिक प्रतियोगिता र यसको संरक्षणमा खेलकूद मन्त्रालयले ध्यान नदिएका कारण कुस्ती खेल लोप हुँदै गएकोछ ।नेपालमा नियमित कुस्ती खेल्दै आएका खेलाडीले समेत खेलमा सहभागिता जनाउन छाडेकाले यसको संरक्षणमा स्थानीय युवाले चासो दिनु जरुरी रहेको नगरप्रमुख साहले बताए ।भारत सरकारले कुस्ती खेललाई संरक्षण गर्दै आएको हुनाले भारतको खेलाडी देश बिदेश सम्म गएर भारतको नाम चिनाएका छन । तर नेपाल सरकारले कुस्ती खेललाई प्राथमिकतामा नराखेको कारणले नेपालमा कुस्ती खेल लोप हुँदै गएकोछ । मधेस प्रदेश सरकार र मधेस प्रदेश अन्तरगत पालिकाले विभिन्न धार्मिक र समाजिक उपलक्ष्यमा कुस्ती खेललाई मनोरञ्जनात्मक रुपमा हेर्न थाल्यो भने  कुस्ती खेलको बिकास हुने नगरप्रमुख साहले  बताएकीछिन ।
मधानी महोत्सवमा पतौरा प्राचीन महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउने आफ्नो लक्ष्य  रहेको कार्यक्रममा संसद प्रभु साहले बताए।मधानी महोत्सवलाई मनोरञ्जनात्मक बनाउनका लागि हरेक बर्ष जस्तै यस पालि पनि विभिन्न मनोरञ्जन आएको साहले बताए । कुस्ती खेल प्रतियोगितामा मौलापुर नगरपालिकाका सम्पूर्ण वडा अध्यक्षहरु स्थानीय ,विभिन्न दलका राजनीति नेता , सर्बसधारण ,स्थानीय समाज सेबी प्रहरी र  पत्रकार मित्र लगाएतको उपस्तिथि रहेको थियो ।