बारा-पुस - २५- महागढीमाई नगरपालिकाद्वारा एतिहासिक पुरक नगरसभा कार्यक्रम आज सप्पन्न भएकोछ ।

महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र यादवको निर्देशनमा महागढीमाई नगरपालिकामा एतिहासिक पुरक नगर सभा सम्पन्न भएको हो । नगरपालिका माथी भार नपर्न दिनको लागि नगरपालिकाको चौरमा टेन्ड र फुल माला बिना नगर सभा सम्पन्न भएकोछ ।पूरक नगरसभामा आर्थिक बर्षमा भएको नगरसभाबाट पास भएको बजेटलाई संशोधन गरेर नयाँ योजना त्यार भएकोछ । कृषि सिचाइको लागि २८ करोडको परियोजना त्यार भइरहेकोछ । नगरप्रमुखलाई गाडी चढनको लागी छुट्याइएको ५० लाखको बजेटलाई किसानको मुवाबजामा खर्च गर्ने नगरप्रमुखले बताएका छन लक्षित बर्ग , माटो पुरी ग्रेबल , सडक ढलान नाला निर्माण लगाएत अन्य कार्य हुनेछ ।किसानहरुले बिधुत मिटरबाट सिचाई गरेको बिलको भुप्तानी नगरपालिकाले तिर्नेछ ।आगमी आर्थिक बर्षमा ठोस एतिहासक योजना कृषकको लागि , क्याम्प , अस्पताल निर्माण गर्न योजना रहेको पुरक नगर सभामा नगरप्रमुख यादवले बताएका छन ।
पुरक नगरसभा कार्यक्रममा महागढीमाई नगरपालिकाको उपप्रमुख तार देबी कानु , प्रमुख प्रशासकीय शेरे मुस्तुफा अधिकृत ,स्वास्थ संयोजक बिजय कुशवाहा एक देखि ११ सम्मका वडा अध्यक्ष ,कार्यपालिका सदस्यीय, क्रमचारी मित्र, सुरक्षा कर्मी र पत्रकार मित्र र स्थानीयहरुको उपस्तिथि रहेको थियो ।