बारा-माघ - १ - महागढीमाई नगरपालिकाद्वारा वडा नं २ बरियारपुर इनर्वा चौकमा टावरलाइट जडान गरिएपछि ब्यापारीबर्ग र सर्बसधारणले खुसी र सुरक्षीत भएका छन ।
महागढीमाई नगरपालिका वडा नं २ बरियारपुर इनर्वा चौकमा नगरप्रमुख उपेन्द्र यादवले आफ्नो करकोमल हाथबाट टावरलाइटलाई जडान गरी उदघाटन गरिएकोछ। इनर्वा चौकमा करिब २० वटा ब्यपारी बर्षौदेखी अन्धकारमा ब्यपार गर्दै आएपछि ब्यपारीहरुको समस्या बुझेर नगरप्रमुख यादवले बरियारपुर इनर्वा चौकको बिच सेन्टरमा टावरलाइट जडान गरिएकोछ । बिगत समयमा टावरलाइट र सिसी टिभी केमराको अभावमा कति ब्यापारीको पसलमा रातीको समयमा चोरी समेत भएको थियो ।बरियारपुर इनर्वा चौकमा ब्यपारीहरुले चोरीबाट आजित बनेर केही ब्यपारीले आफ्नो पसल अर्को ठाउँमा सार्न थालेपछि नगरप्रमुख यादवले चौकमा ब्यपारको सुरक्षा र चोरी तस्करी माथी निगरानीको लागि टावरलाइट जडान गरिएपछि ब्यपारी बर्ग र सर्बसधारणलाई सुरक्षित महसुसकोछ ।र अब केही समयपछि सीसी केमरा पनि जडान हुने नगरप्रमुख यादवले जानकारी गराउनु भएकोछ ।
बिगत देखि अन्धकार भएको चौकमा आज देखि उज्यालो भएपछि खुसी र सुरक्षित महसुस भएको ब्यपारीको भनाईछ । तर चौकमा अहिले पनि प्रहरी प्रशासनबाट निगरानी हुन जरुरी रहेकोछ ।
टावरलाइट जडान उदघाटनमा स्थानीय सर्बसधारण स्थानीय नेतागण , ब्यपारी लगाएत समाजसेबीको उपस्तिथि रहेको थियो ।




0 Comments