बारा -माघ -१४- जिल्ला प्रहरी कार्यालय बाराले गरिब बिपन्न दलित परिवारलाई चिसोबाट बच्नको लागि कपडा बितरण गरिएकोछ ।
जिल्ला प्रहरी कार्यालय बाराको पहलमा एवन संस्थाको आर्थिक सहयोगमा बाराको महागढीमाई नगरपालिका वडा नं १ बरियारपुरमा दलित परिवारमा कपडा बितरण गरिएको छ ।महागढीमाई नगरपालिका वडा नं १ मा करिब पैतालिस जना गरिब बिपन्न र दलितलाई चिसोबाट बच्नको लागि कम्बल , जार्केट , साल , सुइटर टाउजर लगाएत कपडा बितरण गरिएकोछ । बारामा अधिकांश पालिकामा आर्थिक समस्याले दलित बस्तीमा चिसोका कारण अशाध्य सास्ती खेप्नु परेको देखेर महागढीमाई नगरपालिका लगाएत अन्य पालिकामा दलितलाई चिसोबाट बच्नको लागि जाडोको कपडा बितरण गरिएको जिल्ला प्रहरी कार्यालय बाराका उपरीक्षक होबिन्द्र बोक्टीले बताउनु भएकोछ । बारामा अपराध चोरी , निकासी तस्करी हत्या काण्ड , कानुन अपराधलाई नियन्त्रण गर्दै बाराबासीमा शान्तिको सुरक्षाकोअनुभुती गराउदै चिसोबाट बच्नको लागि कपडा बितरण गरिएको उपरीक्षक बोक्टीले बताए ।
त्यस्तै गृहमन्त्रालयको आर्थिक सहयोग जिल्ला प्रशासन कार्यालयले महागढीमाई नगरपालिका , सिमरौनगढ नगरपालिका लगाएतका केही वडामा जिल्ला प्रशासन कार्यालयले पनि चिसोबाट बच्नको लागि कपडा बितरण गरेको थियो ।

0 Comments