बारा - पुष - २३ - श्रीकान्त गुप्ता - तराई मधेसमा लगतार दश दिन देखि अत्याधिक चिसो बढेको कारणले महागढीमाई नगरपालिकाद्वारा नगरमा दाउरा बितरण गरिएकोछ । 


महागढीमाई नगरपालिकाको जुझारु लोक प्रिय यूवा नेता एवम नगर प्रमुख उपेन्द्र यादवको निर्देशनमा नगर भरी दाउरा बितरण गरिएकोछ । नगरको सम्पूर्ण वडाको चौक चौराहा , मठमन्दिर , दलित बस्ती , सर्बजनिक ठाउँ , अस्पताल , हाटबजार , लगाएत अन्य ठाउँ  आज देखि  दाउरा बितरण गर्न शुरु गरिएकोछ । सर्बसधारणलाई दैनिक काममा जान अत्याधिक चिसोले समस्या बढेपछि ज्यान रक्षाको लागि नगरपालिका द्वारा दाउरा बितरण गरिएको नगरप्रमुख उपेन्द्र यादवले  बताउनु भएकोछ । 

नगरको सम्पूर्ण ठाउँको चौक चौराहा , हाट बजार  सर्बजनिक ठाउँमा अस्पताल , मठ मंन्दिर , सडकको पेटी लगाएत अन्य ठाउँ राखिएको दाउरालाई सम्पूर्ण नगरबासीले रेखदेख गरि आगो तापेर आ आफ्नो ज्यानको रक्षा गर्न सम्पूर्ण नगरबासी आग्रह गर्नु भएकोछ ।