बारा- मंसिर - २० - बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ मा रासायनिक मलको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ।
वडा कार्यालयले पाएको रासायनिक मल वितरण गर्न मंसिर १५ गतेदेखि १८ गते आइतबारसम्म किसानलाई नागरिकता सहित आवेदन दिन माग गरेको थियो । केही किसान १८ गते अपरान्ह मलका लागि आवेदन दिन पुगेका थिए । तर उनीहरु पुग्दा वडा कार्यालय बन्द भइसकेको थियो ।
अपरान्ह ४ बजेसम्म खोल्नुपर्नेमा अगाडि नै बन्द गरेका कारण मलका लागि आवेदन दिन आफूहरु वञ्चित भएको भन्दै उनीहरुले वडा कार्यालयमा तालाबन्दी गरेका थिए । मंगलबार सोही तालाबन्दी खोल्न लाग्दा विवाद उग्र रुप लिएर दुबै पक्ष बिच झडप भएको थियो

0 Comments