बारा- पुष -९ - बाराको महागढीमाई नगरपालिकाको आर्थिक सहयोगमा गढीमाई यूथ सोसाइटी द्वारा नि:शुल्क आँखा शिबिर , रक्तदान र ज्येष्ठ नागरिक स्वास्थ बिमा कार्यक्रम सम्पन्न भएकोछ । सो कार्यक्रमको उद्घाटन महागढीमाई नगरपालिकाको उपप्रमुख तारा देबी कानुले हर्सो उलासका  हाथ आफ्नो कोरकोमल हाथबाट उद्घाटन गरेकी छिन । 
महागढीमाई नगरपालिका लगाएत अन्य ठाउँका समाज सेवक क्रियाशिल यूवाहरुले समाज सेवा उदेश्यले  चालु आर्थिक बर्षमा गढीमाई यूथ सोसाइटी नामक संस्थालाई दर्ता गराएर संस्थाको उद्घाटनका दिन नि शुल्क आंखा शिबिर , रक्तदान , र ज्येष्ठ नागरिक स्वास्थ बिमा कार्यक्रम गरेर गढीमाई यूथ सोसाइटी संस्थाले समाजमा आफ्नो छुट्टै लोक लोकप्रिय पहिचान बनाएको महागढीमाई नगरपालिकाका उपप्रमुख तारा देबी कानुले कार्यक्रमको मन्चमा बताएकी छिन ।बिभिन्न समस्याले गरिब बिपन्न परिवारका सदस्यले आंखाको उपचार गराउन नसकेका ब्यक्तिले संस्थाको कार्यकर्णीबाट उपचार गराउन पाएका छन । निशुल्क आँखा शिबिर कार्यक्रममा विभिन्न उमेरका तीन सय बाह्र जना ब्यक्तिले नि: शुल्क आँखा चेक जाँच गराएका छन । 

त्यस्तै बिश्वमा सब भन्दा उत्तम अर्थात पुन्यको काम  रक्तदान जीवन दान यो भन्दा कुनै राम्रो काम नरहेको र आफु सहित यो संस्था मार्फत ३७ जनाले रक्त दान गरेर  नगरबासीलाई सेवा गर्न अवसर पाएको बताइन कुनै ब्यक्तिलाई रगतको आवस्यकता पर्यो भने महागढीमाई नगरपालिकाले पक्षी नहट्ने उपप्रमुखले बताएकीछिन ।  

त्यस्तै ज्येष्ठ नागरिक स्वास्थ बिमा कार्यक्रममा ५० जना जेष्ठ नागरिकले स्वास्थ बिमा गराएका छन ।ज्येष्ठ नागरिकको उमरको अनुसार शरीर पनि कम्जोर हुँदै जान्छ ।जति शरीर कम्जोर हुन्छ । त्यति विभिन्न किसिमको रोग लाग्छ । ज्येष्ठ नागरिकलाई स्वस्थ्य रहनको लागि  नि:शुल्क स्वास्थ शिबिर संचालन भएको संस्थाको अध्यक्ष सोनु कुमार गुप्ताले बताएका छन । 

कार्यक्रममा विशिष्ट अथिती रामबाबु यादव , रामाशंकर कुशवाहा , राधाकृष्ण यादव , वडा नं २  बिश्वनाथ कुशवाहा , वडानं ६  वडा अध्यक्ष गेनालाल यादव , वडा नं ७ वडा अध्यक्ष शिबेन्द्रा प्रताप सिंह , प्रदोस सिंह असर्फी साह लगाएत अन्य अथिती समाजसेबी , सर्बसधारण लगाएत उपस्तिथि रहेको थियो कार्यक्रमको संचालक ज्ञानप्रकाश रौनियारले गरेको थियो ।