बारा-पुस - १- गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो महाअधिबेशनबाट केन्द्रिय सदस्यमा बारागढी गाउँपालिकाका अध्यक्ष अशोक कुमार जयसवालले सर्बसहमतीबाट चयन हुनुभएकोछ ।
मंसिर २७ गते गाउँपलिका राष्ट्रिय महासंघको तेस्रो महाअधिबेशनबाट बारा जिल्लाबाट एकलै केन्द्रिय सदस्यमा अशोक कुमार जयसवालले सर्बसहमतिबाट चयन भएको हो ।मधेस प्रदेशमा जयसवाल सहित ५ जनाले केन्द्रिय सदस्यमा सर्बसहमतीबाट चयन भएको छ । जयसवालले बारागढी गाउँपालिकामा लोक प्रिय मतबाट पहिलो पटक अध्यक्ष पदमा निर्वाचित भएसंगै पहिलो पटकमै केन्द्रिय सदस्यमा सर्बसहमतिबाट चयन भएको हुनाले बाराबासीले हर्सित भएका छन । गाउँपालिका महासंघको अध्यक्ष पदमा गण्डकी प्रदेशका नवलपुर जिल्ला हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डे , सर्बससहमतीबाट चयन भएका छन ।भने उपाध्यक्ष पदमा कर्णाली प्रदेश हुम्ला जिल्लाका हुमा गाउँपालिकाका अध्यक्ष लक्षुमण बहादुर शाही , त्यस्तै महासचिव पदमा गण्डकी प्रदेशका स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा सर्बसहमतिबाट चयन भएका छन भने सचिव पदमा बागमती प्रदेशका सिन्दुली जिल्ला फिकल गाउँपालिका अध्यक्ष पार्बती सुनुवार , कोषाध्यक्ष पदमा सुदुरपक्षिम डडेल्धुरा जिल्ला अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्टले सर्बसहमतिबाट निर्वाचित भएका छन ।
बारा जिल्ला लगाएत देश भरमा रहेका गाउँपालिकाको समस्यालाई संघीय सरकार र प्रदेश सरकार सम्म पुर्याउने र गाउँपालिकाको समस्या समाधान गर्नको लागि संघीय सरकार र प्रदेश सरकारलाई सधै घचघचाउने जिम्मेवारी लिएर अगाडी बढेको जयसवालले बताएका छन । देश भरमा अझ पनि गाउँपालिकाको समस्या धेरै रहेकोछ । संघ सरकार र प्रदेश सरकारले गाउँपालिकालाई चाहेको जति बजेटमा कटौती गरेर बजेट पठाउने गरेका छन ।
निजी अर्थिक स्रोत बिहिन गाउँपालिकामा बजेटको अभावमा गुणस्तरीय शिक्षा, पर्यटन र कालोपत्र सडक स्वास्थ लगाएत क्षेत्रमा बिकास गर्न धवघव बितिरहेको छ ।त्यहाँ जनताले बिकासको अभावमा सास्ती खेप्नु परेको जयसवालले बताए । तर मन्त्रीहरुले आफ्नो लागि अर्बौं रुपैया बार्षिक बजेट छुट्याउने गर्छन ।

0 Comments