बारा - कार्तिक १३ - महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलि द्वारा महागढीमाई नगरपालिकाको विभिन्न छठ घाटमा अनुगमन गरिएकोछ ।
कार्तिक महिनाको पुष्टिको दिन छठ पर्व हर्सो उल्लासका साथ मनाउनको लागि महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र यादवले छठ घाटमा कडा शान्ति सुरक्षाको ब्यवस्था मिलाउदै विभिन्न छठ घाटमा अनुगमन गरेकोछ ।हिन्दुहरु को महान चार्ड पर्व छठमा कुनै हु हल्ला हुन नदिन र शान्ति रुपमा हर्सो उल्लासका साथ छठ पर्व मनाउनको लागि ब्यवस्था मिलाइएको नगरप्रमुख यादवले बताउनु भयो ।महागढीमाई नगरपालिका वडा नं १ मा आज बैलुन गैसको लिकेज बाट बालिका समान्य घाइते भएको बिषयलाई लिएर समान्य बिबाद भएको थियो। बिगतको समयमा यसै वडामा छठ पन्डाल बनाउने बिषय लिएर बिबाद भएको थियो । त्यस्तो घटना नदोहोरिनको लागि कडा शान्ति सुरक्षाको ब्यवस्था गरेको नगर प्रमुखले बताए ।
अनुगमन समितिमा बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल , बारा प्रहरी उपरीक्षक होबिन्द्र बोकटी सशस्त्र प्रहरी एसपी राजन थापा ,लगाएत नेपाल सरकारका अन्य क्रमचारीहरुले आउनु भएको थियो ।अनुगमन समितिले छठ घाटको पन्डालमा पुजा पाठ गरेर नगरबासीलाई शुभकामना दिनु भएको थियो । अनुगमन समयमा पाँच दलिय गठबन्धनको साझा उमेदवार पूर्ब संबिधान सभा सदस्य शिवचन्द्र कुशवहा , प्रदेश सभा सदस्यका उमेदवार मोतिलाल कुशवाहा , वडा नं १ वडा अध्यक्ष मनोज गुप्ता , दिप प्रकाश गुप्ता , जितेन्द्र गुप्ता लगाएत सर्बसधारण रहेको थियो ।



0 Comments