बारा -कार्तिक - १३ -  हिन्दुहरुको महान चाडपर्व छठ हर्सो उल्लासका  साथ मनाउनको लागि शान्ति सुरक्षा ब्यवस्था कडा बनाउदै जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलि द्वारा बिभिन्न छाठ घाटको अनुगमन गरिएकोछ ।
कार्तिक महिनाको पुष्टिको दिन हर्सो उल्लासका साथ  जिल्लामा छठपर्व मनाउनको लागि शान्ति सुरक्षाको कडा  ब्यवस्था गर्दै जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले बाराको अधिकांश पालिकामा छठ घाटको  अनुगमन गरिएकोछ ।जितपुरसिमरा उपमहा नगरपालिका , कलैया उपमहानगरपालिका , महागढीमाई नगरपालिका लगाएत अन्य पालिकाको छठ घाटमा अनुगमन टोलीले अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाले बताउनु भएकोछ ।

उहाँको अनुसार जिल्लामा हर्सो उल्लासका साथ छठ हुने ठाउँमा प्रहरीको निगरानी रहेकोछ ।प्रमुख जिल्ला अधिकारी कटुवालले शान्ति पूर्बक हर्सो उल्लासका साथ छठ मनाउन बाराबासीलाई आग्रह गर्नु भएकोछ।मधेसमा छुवाछुतको भावना भए पनि छठ नै एउटा यस्तो पर्व हो, जसमा एउटै जलाशयमा समाजका हरेक जाति, धर्मका मानिसले सूर्यलाई पूजा गर्नु सामाजिक सद्भाव र समन्वयको उत्कृष्ट उदाहारण बनेकोछ ।देशमा शान्तिको पर्व भनेर छठलाई चिनिन्छ । 

अनुगमन समितिमा बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल , बारा प्रहरी उपरीक्षक होबिन्द्र  बोकटी शस्त्र प्रहरी एसपी राजन थापा , लगाएत नेपाल सरकारका अन्य क्रमचारी रहेको थियो ।